घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुँदै

काठमाडौं । पुत्रशोकमा परेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आजदेखि चुनावी अभियानमा सहभागी हुने भएका छन् ।छोरा प्रकाश दाहालको यही मंसिर ३ गते हृदयाघातका कारण निधन भएपछि चुनावी अभियान स्थगन गरेका प्रचण्ड शुक्रबारदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन् ।

 निर्वाचन क्षेत्रमा चुनावी अभियान बाँकी रहेकाले घरदैलोसहित सानासाना चुनावी कार्यक्रममा प्रचण्ड सहभागी हुन लागेको जानकारी उनका प्रेस संयोजक मनहरि तिमिल्सेनाले दिए ।

  शुक्रबार र शनिबार बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित माओवादी केन्द्रका नेता रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित