यसरी हुँदैछ राजा ल्याउने गोप्य खेल

Gyanendra_2118182fकाठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहका विषयमा अहिले नेपाली राजनीति तातिएको छ । सरकार ढाल्ने र जोगाउने खेलभन्दा अलि परै रहेका पूर्व राजालाई धेरैले आशंका गरिरहेका छन् । तर, पूर्व राजाले नेपाली राजनीतिलाई खासै चुनौति दिएका छैनन् । बरु भारतीयहरूसँग  भेट गरेर नेपालमा राजसंस्था जसरी पनि पुनःस्थापना गर्ने पक्षमा उनी छन् ।

  कहिले काहि  नयाँ दिल्ली गएर गोप्य भेटवार्ता गरेर आउने ज्ञानेन्द्रले के बुझेका छन् भने नेपाली राजनीतिक दलका नेताहरूलाई भन्दा भारतीय पक्षलाई भेटेर कन्भिन्स गर्ने हो भने आफ्नो पक्षमा निर्णय हुन सक्छ ।भारतीय जनता पार्टी र विशेष गरेर प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा राजसंस्था स्थापना होस् भन्ने चाहन्छन् । स्रोतका अनुसार नेपालमा छिट्टै हिन्दू राष्ट्र स्थापना गरेर राजसंस्थालाई ब्यूताउन सकिने तयारीमा भारतीय पक्ष पनि सक्रिय भएको छ । हालैमात्र नयाँ  दिल्ली बसेर रातारात फिर्ता भएका ज्ञानेन्द्रले प्रधानमन्त्री मोदीलाई भेटेको उच्च स्रोतको दाबी छ । त्यसबेला मोदीले हतार नगर्न सुझाव दिएको ज्ञानेन्द्र शाहका निकटका नेताहरूले बताउने गरेका छन् । अबको राजा ज्ञानेन्द्रभन्दा पनि उनका नाति हृदयन्द्रलाई बनाउने तयारी भएको छ ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ । स्रोतले भन्यो–‘ज्ञानेन्द्र शाहलाई राजा बनाउने सम्भावना छैन । बरु हृदयन्द्रलाई राजा बनाउन सकिन्छ ।’ भारतीय पक्ष र नेपाली नेताहरू पनि हृदयन्द्रका पक्षमा सकारात्मक रहेको बताइन्छ ।

   पछिल्लो समय राजनीतिक दलका केही सीमित नेताहरूको गतिविधि पनि राजसंस्थाकै पक्षमा देखिन थालेको आरोप छ । स्वयं प्रचण्ड पनि कुनै प्रकारको राजसंस्था होस् भन्ने पक्षमा रहेको आरोप छ,यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ  । हुन त कांग्रेस र एमालेका केही नेताहरूले पनि हिन्दू राष्ट्र स्थापना गरेर राजसंस्थालाई ल्याउन सकिन्छ कि भनेर सोच बनाउने गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित