यहाँसम्म आइपुग्न धेरै परिश्रम गरेको छु : मोडल एसके

skकाठमाडौं : काभ्रे जिल्लाको भकुन्डे बेसीमा जन्मिएका सुरेन्द्रकुमार (एसके) दाहाल कलाकारिता क्षेत्रमा जम्दै आएका छन् । २०४४ असोज १८ गते सामान्य परिवारमा उनको जन्म भएको थियो । श्री संजीवनी उच्च माध्यमिक विद्यालयबाट २०६१ सालमा एसएलसी पास गरेपछि उनी थप अध्ययनको लागि २०६२ सालमा राजधानी प्रबेश गरेका हुन् । उच्च शिक्षाका लागि राजधानी आएका एसके पढाइसँगसँगै कलाकारितातर्फ पनि लागे । बाल्यकालदेखि नै कलाकार बन्ने उनको चाहना थियो । आफ्नो इच्छा र चाहनालाई पूरा गर्न धेरै दुःख र मेहनत गरेको उनी बताउँछन् । उनी भन्छन्–‘मैले मोडलिङमै आफ्नो भविष्य देखेको छु । यसका लागि मैले धेरै पसिना बगाएको छु । ति दिनहरु अझैपनि ताजै छन् । चैत बैशाखको टन्टलापुर घाम नभनी नगरकोटको डाँडामा दिनभरी दालमोठ, चिउरा र तातो पानि खाएर शंकर बिसीको पछाडी नाचेका दिनहरु कहिल्यै विर्सन सक्दिन ।’ ‘मोडलिङ क्षेत्रमा लाग्दा कति दिन त म दिनभर भोको बसेर पनि काम गरेको छु । कुनै पनि काम गर्न सजिलो पक्कै छैन । लगानी र परिश्रम त गर्नै पर्यो नि । आफ्नो इच्छा र चाहना यही भएकाले जस्तो सुकै कठिन अवस्थामा पनि म डटेर लागेको थिएँ त्यहि भएर अहिले यो अवस्थासम्म आइपुगेको छु ।’

https://www.youtube.com/watch?v=STkL6WEOqJs

skkkkलालकुमार बरालको ‘जुन मा पनि दाग छ’ बोलको लोक दोहारी गितबाट आफूले मोडलिङ यात्रा शुरु गरेको उनी बताउँछन् । एसकेले हालसम्म झण्डै चार सय लोक दोहारीका म्यूजिक भिडियो साथै एक सय भन्दा बढि नेपाली चलचित्रका गीतहरुमा ग्रुप डान्स गरिसकेका छन् भने झण्डै दुई सय म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । एसकेलाई ‘जुनमा पनि दाग छ’, ‘पल पल झल्को आएर’, ‘बाचा कसम खाको’, ‘सम्झिएर रुन पर्छ की’लागायत गीतको म्यूजिक भिडियोले राम्रैसँग दर्शकसामु चिनाएको छ । स्नातक तहको अध्ययन पूरा गरिसकेका एसके यतिबेला स्नाकोत्तर तहमा अध्ययनरत छन् । उनी अहिले बानेश्वर क्याम्पसमा भर्ना भएका छन् । उनी भन्छन्–‘पढाइ बाहेकको समय गीत संगीत सुन्न, सांगीतिक कार्यक्रममा सहभागी हुन र मोडलिङमा आफूलाई थप निखार्न खर्चिरहेको छु ।’

नेपाल टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल मेरी बास्सै, जिरे खुर्सानी नेपाल टेलिभिजन २ बाट प्रसारण हुने रातो पिरो, तराई टेलिभिजनबाट प्रसारण हुने गोलमाललगायत आधा दर्जन भन्दा बढि टेलिसिरियलमा अभिनया गरिसकेका एसके विशेषगरी लोकदोहोरी गीत संगीतमा जमेको पाइन्छ । लोकदोहोरी म्युजिक भिडियोको अलावा आधुनिक गीत तथा फिल्महरुमा पनि एसकेलाई अभिनयको लागि अफर आइरहेको छ । तर, उनी म्यूजिक भिडियोमा नै व्यस्त रहेका बताउँछन् । एसके भन्छन्–‘फिल्म तथा आधुनिक गितका लागि पनि अफर आएका छन्, अहिले विभिन्न म्युजिक भिडियोमा व्यस्त रहेकोले अबको केही समयपछि त्यतातिर पनि लाग्नेछु । केही समय पछि नै दर्शकहरुले मलाई फिल्म तथा आधुनिक गितमा देख्न सक्नुहुनेछ ।’

https://www.youtube.com/watch?v=mIzV_EYgoHM

प्रतिक्रिया

सम्बन्धित