देउवाको निर्देशन टेर्लान त कर्ण र शाहले ?

sherbahadur deubaकाठमाडौं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघको महाधिवेशनको मिति तत्काल घोषणा गर्न निर्देशन दिएका छन्। नेविसंघ अध्यक्ष रन्जित कर्ण र नेता ऋणिकेश जंग शाहलाई आइतवार बिहान बुढानिलकण्ठस्थित आफ्नै निवासमा बोलाएर सभापति देउवाले ८ वर्षदेखि हुन नसकेको नेविसंघ अधिवेशनको मिति तोक्न निर्देशन दिएका हुन् । कांग्रेस नेता विमलेन्द्र निधिले अनुसार विद्यार्थी संगठन वा भ्रातृ संगठनको अधिवेशन समयमा नहुँदा संगठनको छवि बिग्रने भएकाले तत्काल अधिवेशनका लागि मिति घोषणा गरेर अघि बढ्न नेविसंघ अध्यक्ष रन्जित कर्णलाई देउवाले निर्देशन दिएका हुन्। नेविसंघ अध्यक्ष कर्णले पार्टीको सहयोगविना अधिवेशन सम्भव भएकाले अधिवेशनका लागि सहयोग गर्न पार्टीको संयन्त्रण गठन गर्न सभापति देउवालाई आग्रह गरेको जनाएका छन् । नेविसंघको अधिवेशन विगत ८ वर्षदेखि हुन सकेको छैन। तत्कालीन अध्यक्ष प्रदीप पौडेलले राजीनामा दिएपछि ६ महिनाभित्र अधिवेशन गराउने म्यान्डेटसहित रन्जित कर्णलाई जिम्मा दिइएको थियो। तर, नेविसंघमा दुई पक्षवीचको विवादका कारण अधिवेशन हुन सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित