सरकार ढाल्न दिल्लीमा देउवा र महराबीच गोप्य वार्ता भएको रहस्य

काठमाडौं । संयोग मान्नुपर्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महरा नयाँ दिल्लीमा आ–आफ्ना पत्नीहरूको उपचार गराएका छन् । पत्नी उपचारको बहानामा नयाँ दिल्ली पुगेका देउवा र महराले आ–आफ्नो पार्टीको राजनीतिक लाइन क्लियर गराएको स्रोतको भनाइ छ । नयाँ दिल्ली बसाइका क्रममा सभापति देउवा र महासचिव महराबीच गोप्य वार्ता भएको थियो । वार्तामा ओली सरकारलाई गिराएर नयाँ सत्तासमीकरणका विषयमा वार्तालाप भएको स्रोतको भनाइ छ । देउवा बुधबार काठमाडौं आइपुगेका छन् । प्रधानमन्त्री ओलीले आफूखुसी सरकार चलाएको, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई एकलौटी भर्तीकेन्द्र बनाएको जस्ता विषयमा एमाओवादीले चित्त दुखाउँदै आएको छ ।

   mahara एमाओवादी र कांग्रेसले वर्तमान सरकारलाई नयाँ बजेट ल्याउन नदिन दबाब सृजना गर्नेमा पनि परामर्श गरेका छन् । कांग्रेसका दोस्रो तहका नेताहरूले वामपन्थीहरूको गठबन्धनलाई पहिला भत्काउनुपर्ने सुझाव देउवालाई दिने तयारी गरेका छन् । उनीहरूले एमाओवादीबाट भन्दा पनि एमालेबाट कांग्रेसलाई ठूलो खतरा रहेको निष्कर्ष निकालेका छन् । बरु प्रचण्डलाई प्रधानमन्त्री दिएर भएपनि कांग्रेसले ओलीलाई विस्थापित गर्न चाहेको कांग्रेसका एक सांसदले जानकारी दिए । उच्च स्रोतका अनुसार ओलीलाई फाल्न छ महिनाका लागि भएपनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने, मधेसी मोर्चालाई सरकारमा ल्याउने, संविधान संशोधन गर्ने कांग्रेसको गोप्य तयारी छ । यो तयारीका विषयमा एमाओवादी, मधेसी मोर्चा सकारात्मक छन् । तर, छ महिनापछि प्रचण्डले सरकारको नेतृत्व छाड्छन् वा छाड्दैनन् भन्नेमा कांग्रेसलाई विश्वास छैन । सोही विश्वास बनाउन देउवासँग कुरा गर्न महरा नयाँ दिल्ली पुगेको बुझिएको छ ।यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया

सम्बन्धित