कोइराललले गरे नयाँ खुलासा, न्यापालिकालाई भर्ति केन्द्र बनउँदै प्रम ओली

Shekhar-koirala-काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकालाई पार्टीको भर्ती केन्द्र बनाउन लागेको आरोप लगाएका छन्। न्यायपालिकालाई मुठ्ठीमा लिएर प्रधानमन्त्री ओलीले सत्ताकब्जाको मनस्थिति बताउन खोजेको भन्दै उनले भने–‘न्यायपालिका मुठ्ठीमा आएपछि संसद बिघटन गरेर बाचुञ्जेल सत्तामा बस्छु भनेर ओलीले योजना बनाएका छन्।’ नेपाल प्रेस युनियन पर्वतले सोमबार पर्वतमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले ओलीले केही दिनअघि खुल्ला रुपमा संसद बिघटन गर्दिन्छु भनेको स्मरण समेत गराए। डा. कोइरालाले भने–‘राष्ट्रपति आफ्नै पार्टीबाट निर्वाचित छन, अब न्यायपालिका पनि आफ्नो पक्षमा पार्न पाए सबै काम फत्ते हुन्छ भन्ने प्रधानमन्त्रीले सोचेका छन । कार्यक्रममा बोल्दै उनले नेपालमा अन्तर्राष्ट्रिय चलखेल बढ्दै गएको भन्दै उग्रराष्ट्रवादले राष्ट्रियता र लोकतन्त्र कमजोर बनेको दाबी गरे। देशमा मंहगी, कालोबजारी बढ्दै गएपनि सरकार कानमा तेल हालेर बसेको उनको आरोप थियो ।

कोइरालाले गरे नयाँ खुलासा कोइरालाले भारतको चाहनाअनुसार प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति विद्या भण्डारी, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति अभियानका संयोजक डा।बाबुराम भट्टराईले धर्मनिरपेक्षता हटाउने सहमति गरेको समेत खुलासा गरे।

प्रतिक्रिया

सम्बन्धित