कमल थापा यसरी बने राजसंस्था विरोधी
हिन्दू राष्ट्रको नारालाई पनि क्रिश्चियन धर्म प्रचारकहरूसँग बिक्री गरेको कमल थापामाथि ठूलो आरोप छ । यसको पुष्टि हुने गरेर उनले हिन्दू राष्ट्र र राजसंस्थाका पक्षमा जोडदार आवाज उठाउने केशरबहादुर विष्ट र विराजबहादुर विष्टलाई कारबाही गरेर प्रमाण दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो पार्टीलाई कमजोर र फुटको संघारमा ल्याइदिएको आरोप आफन्तहरूसँग गुनासो गर्ने गरेका छन् । सोही कारण कमल थापा पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध भित्रभित्रै लागेका हुन् । अर्को चुनावमा ठूलो पार्टी बन्ने सपना देखेका कमल थापाले जनताबाट कस्तो मत पाउने हुन् भविष्यले बताउने छ । तर, कमल थापाको क्रिश्चियन परस्त व्यवहार र संवैधानिक राजसंस्था छाड्दै गरेको अवस्थाले अब चङ्गा चैट हुने सम्भावना रहेको देखिन्छ,यूनाइटेड पोष्ट साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया