काठमाडौंमा कालोबजारी गर्नेलाई सम्मान,चितवनमा कारवाही गर्ने चेतावनी
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली कति सम्म दुनियाँ हसाउने काम गर्छन भन्ने कुरा उनकै व्यबहारले देखाएको छ। पेट्रोलियम पदार्थ र ग्यास कालाबजारीमा संलग्न नेपाल आयल निगमका प्रमुख कार्यकारी निर्देशक गोपाल खड्कालाई प्रधानमन्त्री ओलीले मंगलबार सम्मानपत्र दिए। ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लबको कार्यक्रममा प्रधानमन्त्री ओलीले खड्कालाई सम्मानपत्र दिएर खड्कासँग हात मिलाउन पछि परेनन।
खड्कालाई सम्मान गरेको भोलीपल्ट बुधवार ओलीले नेपाल निर्माण व्यवसायी महासंघको चितवनमा सुरु वार्षिक साधारणसभाको समुद्घाटन गर्दै भने -' भूकम्प र नाकाबन्दीका कारण विषम परिस्थितिको फाईदा उठाउँदै कालोबजारी गर्नेलाई कडा कारवाही गर्नेछु ।' काठमाडौंमा कालाबजारीमा संलग्नलाई सम्मान गरी चितवनमा कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने बताएर ओलीले फेरी दुनियाँ हसाउने काम गरेका छन् ।
प्रतिक्रिया