आरक्षण दिँदा पनि अल्पमत

congress flagकाठमाडौं ।  नेपाली कांग्रेसको बिधान अनुसार २२ वटा सिट महिला, जनजाति, मधेशी, दलित र मुस्लिमको लागि कोटा छुट्याइएको छ । तर पनि ६४ वटा निर्वाचित सिटमा आरक्षण कोटाबाट निर्वाचितहरुको संख्या बहुमत पुग्न पनि सकेन ।

 २५ खुल्लातर्फ ४ जना जनजाति, एक मधेशी, एक महिला, प्रदेशतर्फ एक जनजाति र पदाधिकारीतर्फ एक महिला गरी आठ जना निर्वाचित भएका छन् । आरक्षण तर्फका २२ तथा पदाधिकारी, प्रदेश र खुल्ला आठ गरी ३० जना मात्र केन्द्रीय कार्य समितिमा पुगेका छन् । वर्तमान निर्वाचित ६४ जनाको कार्यसमितिमा १२ जना मात्र नयाँ अनुहारका छन् ।

   वाँकी निर्वाचित केन्द्रीय सदस्यहरु १२ महाधिवेसनबाटै निर्वाचित वा मनोनित केन्द्रीय सदस्यहरु हुन । रमेश लेखक भने १२ महाधिवेसनअघि केन्द्रीय सदस्य थिए । केन्द्रीय सदस्यमा पहिलो पटक उम्मेदवार बनेर निर्वाचित हुने भाग्यमानीहरुमा नेबिसंघका पूर्ब केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मा, नवलपरासी कांग्रेसका निवर्तमान जिल्ला सभापति देवेन्द्रराज कँडेल, सिन्धुपाल्चोकका निवर्तमान जिल्ला सभापति मोहनबहादुर बहादुर बस्नेत, दलित संघकी लक्ष्मी परियार, नेबिसंघका पूर्ब नेता बीरबहादुर बलायर छन् ।

  विगतमा उम्मेदवार बनेर पराजित भएपनि पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित हुनेहरुमा भने सरिता प्रसाई, रामकृष्ण यादब, किरण यादब, चिनकाजी श्रेष्ठ, डा. डीला संग्रौला, हृदयराम थानी र बहादुर सिंह लामा रहेका छन् । नयाँ अनुहार भनिएपनि कल्याण गुरुङ, गोबिन्द भट्टराई, गुरुराज घिमिरे यसअघिको केन्द्रीय समितिमा केन्द्रीय सदस्य मनोनित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित