यसरी महङ्गो भयो सिटौलासँगको रिसिइवी रामचन्द्रलाई

Sher Bahadur Deuba Ram Chandra Paudel Krishna Prasad Sitaula

काठमाडौं । नेपाली कांग्रेसको ११ औ महाधिवेसनदेखि नैं आफु भन्दा कनिष्ठ भएको भन्दै कृष्णप्रसाद सिटौलाबिरुद्ध लागेका रामचन्द्र पौडेललाई सिटौलासँगको रिसिइवी अत्यन्त महङ्गो साबित भएको छ । पार्टी भित्र क्षमता, क्रियाशिलता र निरन्तरतामा अब्बल मानिएका सिटौलालाई आफु भन्दा कनिष्ठ भएको भन्दै त्यसैलाई मात्र योग्यताको मापदण्ड बनाउनु पर्छ भन्ने मान्यता बोकेका निवर्तमान उपसभापति रामचन्द्र पौडेललाई सिटौलासँगको जोरी खोजाई उनको जीबनकै सबैभन्दा महङ्गो सावित भएको हो ।

  २०५९ साल जेठ नौ गते कांग्रेसका तत्कालिन संसदीय दलका नेता एबं प्रधानमन्त्री शेरबहादुर देउवाले संसद भंग गरेपछि पार्टीका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाबिरुद्ध लागेका पौडेलले पार्टी बिभाजनसम्मको भूमिका खेलेका थिए । तिनै पौडेलको भूमिका पार्टी एकता भन्दा बिभाजनतर्फ उन्मुख भएको भन्दै तत्कालिन केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले बिरोध गरेपछि पौडेल सिटौलाबिरुद्ध लागेका थिए । तर १२ बर्षपछि नैं पौडेलले सिटौलासँगको रिसिइवी वा प्रतिशोधको परिणाम नराम्ररी प्राप्त गरे ।

 तत्कालिन प्रधानमन्त्री देउवालाई उचालेर नेपाली कांग्रेस प्रजातान्त्रिकको नेतृत्व लिन सबै तयारी गरेका पौडेलले २०५९ साल जेठ चार गते धोका दिएर पार्टी घोषणा सभामा नआएको कुरा १३ औं महाधिवेसनबाट निर्वाचित सभापति शेरबहादुर देउवाले सार्बजानिक रुपमा बताईसकेका छन् । पार्टीको ११ औं महाधिवेसन केन्द्रीय सदस्य निर्वाचित भएर पार्टी प्रवक्ता र संगठन बिभाग प्रमुखको जिम्मेवारी तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले सिटौलालाई दिएपछि पौडेल चिडिएका थिए । २०६२÷०६३ सालको दोश्रो जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै शसस्त्र संघर्षरत माओवादीलाई शान्ति प्रक्रियामा भूमिका निर्वाह गरेका उनै सिटौलालाई गृह मन्त्रालयको जिम्मेवारी पाएपछि पनि पौडेलले सबैभन्दा बढी बिरोध गरेका थिए ।

  उनले आफ्नै पार्टीका गृहमन्त्री सिटौलाको सार्बजानिक रुपमा बिरोध गर्दै माओवादीलाई पुल्पुल्याएको भन्दै बिरोध गर्न समेत भ्याएका थिए । पौडेलले एकै ब्यक्तिलाई माओवादीसँग वार्ता गर्न गठन गरिएको सरकारी वार्ता टोलीको संयोजक र गृहमन्त्री बनाउन नहुने भन्दै तत्कालिन सभापति एबं प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग असुन्तुष्टी ब्यक्त गरेका थिए । पौडेलको असन्तुष्टीलाई समन गर्न पौडेलले आफुलाई राज्य मन्त्री दिएपनि हुनेसम्मको माग गरेपछि गृहमन्त्रालय मातहतको शान्ति समन्वय इकाईलाई नैं मन्त्रालयको स्वरुप दिएर ‘शान्ति तथा पुननिर्माण मन्त्रालय’ निर्माण गरी पौडेललाई जिम्मेवारी दिइएको थियो । सभामुख जस्तो संवैधानिक पदको हैसियत र उपप्रधानमन्त्री भइसकेका पौडेलले मन्त्री पद भएपनि स्वीकारेका थिए । कांग्रेसको १२ औं महाधिवेसनमा संस्थापन पक्षबाट सभपातिमा उम्मेदवार बनाइएका सुशील कोइरालाको प्यानलबाट उपसभापतिमा पौडेल र महामन्त्रीमा सिटौलालाई प्रस्ताव गर्दा समेत पौडेलले बिरोध जनाएका थिए । सभापतिमा कोइराला बिजयी भएपछि उनले उपसभापतिमा पौडेल र महामन्त्रीमा सिटौलाको नाम पार्टी केन्द्रीय कार्य समिति बैठकमा प्रस्ताव गर्दा पौडेलले केन्द्रीय सदस्यहरुले आफ्नो बिरोध नगरी सिटौलाको नाममा मात्र बिरोध गरेको भन्दै दुष्प्रचार गरेका थिए । उनले सिटौलाको मात्र केन्द्रीय सदस्यहरुले बिरोध गरेको तर आफ्नो बिरोध नगरेको जिकिर गरेर सिटौलालाई चिढ्याउने काम गरेका थिए ।

  सिटौलाका बिरुद्ध एक पछि अर्को गर्दै बिरोधमा उत्रिएका पौडेलले २०६८ साल बैशाखमा तत्कालिन बाबुराम भट्टराई नेतृत्वको सरकारमा सहभागी हुँदा समेत पौडेलले सिटौलालाई चिढ्उने काम गरेका थिए । उनले आफु सभामुख र उपप्रधानमन्त्री भएपछि पनि शान्ति तथा पुननिर्माण मन्त्री भएकोले सिटौलालाई पनि मन्त्री मात्र बनाए हुन्छ भनेर तत्कालिन प्रधानमन्त्री भट्टराईलाई दबाब दिएका थिए । तत्कालिन संविधानसभाको तेश्रो दल एमालेका महासचिव इश्वर पोखरेललाई उपप्रधानमन्त्री बनाईको तर संविधानसभाको दोश्रो ठूलो दल नेपाली कांग्रेसको महामन्त्री भए पनि सिटौलालाई मन्त्री मात्र किन ? भनेर कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाले तत्कालिन प्रधानमन्त्री भट्टराईसँग आपत्ति जनाएका थिए ।

  उपप्रधानमन्त्रीमा सपथ गर्न भनेर राष्ट्रपति कार्यालयमा गएका सिटौलालाई मन्त्री पदको सपथ गराएपछि पौडेलले गरेको षडयन्त्र सिटौलाले महसुस गरेका थिए । त्यति मात्र होइन, पौडेलले २०७० सालको संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाको संविधान मस्यौदा समितिबाट सिटौलालाई हटाउन पनि दबाब दिएका थिए । पछि सबै राजनीतिक दलका शीर्ष नेताको सुझाव र आग्रह पछि तत्कालिन कांग्रेस संसदीय दलका नेता एबं पार्टी सभापति सुशील कोइरालाले सिटौलालाई नैं मस्यौदा समितिको सभापति बनाउने अडान लिएका थिए । पछि मस्यौदा समितिमा सिटौलालाई संयोजक बनाईको भन्दै पौडेल संवैधानिक/राजनीतिक वार्ता एबं सम्बाद समितिको सदस्यमा सरुवा भएका थिए । उनले आफु भन्दा जुनियर सिटौला संयोजक भएको समितिमा आफु सदस्य भएर नबस्ने भन्दै डा. बाबुराम भट्टराई संयोजक भएको सम्बाद समितिमा पुगेका थिए । सिटौलाका हरेक राजनीतिक क्रियाकलापप्रति असन्तुष्टी जनाउँदै बाधक समेत बन्न पुगेका पौडेलले २०७२ साल जेठ २५ गते संविधानसभाका प्रमुख चार दलबीच संविधान निर्माण सम्बन्धमा भएको १६ बुँदे सहमतिप्रति पनि आपत्ति जनाएका थिए ।

  त्यतिमात्र होइन, पौडेलले मधेशका माग पुरा नगरी संविधानको मस्यौदा हतारमा ल्याउन खोजेको भन्दै सिटौला बिरुद्ध सार्बजानिक सञ्चारमाध्यममा बिष बमन समेत गरेका थिए । पौडेलले संविधानको मस्यौदा हतारमा ल्याएको भनेर सिटौलाको बिरोध मात्र गरेनन् । एमाओवादी, फोरम लोकतान्त्रिक, एमाले र कांग्रेसबीच भएको सहमति बिपरित पुनः सत्ताको नेतृत्व कांग्रेसले लिनु पर्ने भनेर सहमतिय राजनीति बिरुद्ध लागे । तर पौडेलले कांग्रेसले सहमति, सहकार्य र एकताको बाटो नछोडेको दाबी गर्न चुकेनन् । सिटौलाले दलिय सहमति बमोजिम एमालेको नेतृत्वमा सरकार बनाऔं भन्ने प्रस्ताव गर्दा पौडेलले सिटौलालाई एमालेका पुच्छर बन्न खोजेको आरोप लगाउन पनि चुकेनन् । उनले प्रधानमन्त्रीमा सुशील कोइरालालाई उम्मेदवार बनाएर आफु पानीमाथिको ओभानो बन्न खोजेका थिए । सुशील कोइराला जिउँदो हुन्जेल कोइराला परिवार बिरुद्ध बिष बमन गर्ने पौडेलले उनको निधन हुनासाथ कोइरालाको उत्तराधिकारी आफु मात्र भएको दाबी गर्न छोडेनन् ।

  महामन्त्री सिटौलाले गिरिजाप्रसाद कोइरालाको शान्ति प्रकृया र सुशिल कोइरालाको जारी भएको संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै पार्टीको १३ औं महाधिवेसनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दा पौडेलले सिटौलाको महमन्त्री हुनको लागि बार्गेनिङ गरेको भनेर हल्का टिप्पणी मात्र गरेनन्, खिसी ट्युरी समेत गर्न चुकेनन् । यसरी सिटौलाका बिरुद्ध एक दशक लामो पौडेलको षडयन्त्र, तिकडम, कोकोहोलो र बार्गेनिङ यति महङ्गो बन्यो कि सभापतिमा उम्मेदवारी दिने सिटौलाको मत ५० नकट्ने उनको अड्कलबाजी आफ्नौ राजनीतिक जीबनको सबैभन्दा ठूलो भ्रम साबित भयो ।

  सभापतिका आफ्ना प्रत्यासी शेरबहादुर देउवालाई पाँच सय बढी मतअन्तरले पराजित गराईदिन्छु भन्ने पौडेल अन्तत तिनै शेरबहादुरसँग पाँच सय मतअन्तरले पराजित गर्नु पर्यो । सिटौलामाथि पौडेलले एक पछि अर्को गर्दै आएको षडयन्त्रको फल यतिबेला पौडेलले व्यहोर्दै आएका छन् । १७ पटक प्रधानमन्त्रीको निर्वाचनमा पराजित पौडेलले पार्टीको महाधिवेसनमा समेत दुई पटक पराजित भएपछि उन्ले अब पछु्ताउनु सिवाय केही प्राप्त गरेका छैनन् । त्यसैले, पौडेल निकटका एक नेता भन्छन् ‘सिटौलासँगको पौडेलको रिसिइवी जीबनकै सबैभन्दा महङ्गो सावित मात्र भएन, पौडेलको राजनीतिक जीबनको अबसान पनि भयो ।’

प्रतिक्रिया

सम्बन्धित