सिटौला कुटिल नेता ,राजनीतिक भविश्य सुरक्षित

sitaulanकाठमाडौं । तेस्रो स्थानको मत पाएर सभापतिको रेसबाट बाहिरिएपनि चतुर राजनीतिक खेलाडीका रुपमा चिनिएका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले  आफ्नो राजनीतिक भविश्य बुद्धिमत्तापूर्ण ढंगबाट सुरक्षित गरेका छन् । सभापतिमा देउवाले जिते पनि महामन्त्री, कोषाध्यक्षमा रामचन्द्र वा सिटौला समूहका व्यक्तिहरुले जिते भने देउवा समूह सन्तुलित हुने र  केन्द्रीय सदस्यहरुको नतिजा कस्तो आउँछ भन्ने विषयले बढी अझ महत्व राख्ने छ।

 तर,  दोस्रो चरणको निर्वाचनमा सघाउन भन्दै पौडेल र देउवा  सिटौलाकहाँ  पुग्दा  साथीहरुसंग छलफल गरेपछी सहयोगबारे जानकारी दिउँला भनेर दुबैलाई निवासबाट विदा गरेपछी सिटौलाको महत्वले स्थान पाएको थियो  ।

   अन्ततः सिटौलाको सहयोगको निष्कर्ष र उम्मेद्वारीको औचित्य पार्टी एकता नै रहयो । यसमा कतिपयले सिटौलाले अन्तिममा आएर कोइराला परिवारको चुरीफुरीलाई अन्त्य गर्न  पौडेललाई धोका दिएको आरोप समेत लगाउन थालेका छन्। अब  सिटौला, गगन थापा वा अरु नै कोही देउवाको विकल्पका रुपमा अगाडि आउन सक्ने सम्भावना पनि देखिन सक्छ  ।

किनकी ,पौडेलको पराजयसँगै प्रकाशमान सिंह, डा. रामशरण महत,मिनेन्द्र रिजाल  र सुजाता कोइराला लगायतका नेताहरुको राजनीतिक राजनीतिक भविश्य संकटमा परेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित