गगनको पक्षमा माहोल बढेपछि सुरु भयो प्रतिगामीको चलखेल

[caption id="attachment_19409" align="alignleft" width="350"]गगन थापा गगन थापा[/caption]

काठमाडौं । कांग्रेस  महामन्त्री पदका उम्मेद्धार चर्चित नेता गगन थापालाई हराउन कांग्रेसभित्रै ठुलो चलखेल भएको  छ । गगनले जित्ने संभावना बढ्दै गएपछि सामाजिक सन्जालमा  देउवा पक्षबाट महामन्त्रीकै चुनाव लडिरहेका ससुरा अर्जुनरसिहं केसीको पक्षमा भोट मागेको भन्दै प्रचार गरिएको छ ।  गगनलाई हराउन र गगनका विरुद्ध जहिल्यै पनि षड्यन्त्र गर्न एक समुह सक्रिय रहँदै आएको छ  । एक अनलाइनले सल्यानबाट आएको महाधिबेशन प्रतिनिधिको एक टोली महामन्त्री पदका उम्मेद्धार गगन थापालाई भेट्न उनको निवास पुगेका लेख्दै केशबहादुर बिष्टको नाम जोडेर समाचार लेखेको थियो । समाचारमा विष्टको टोलीले गगन थापासंग कसरी जाने भनेर सोध्दा म त्यसै चुनाव लडेको जिताउने त अर्जुननरसिहं केसीलाई हो भन्ने समाचार प्रकाशित गरेको थियो ।

  तर , विष्टले  अन्ततः उनले विज्ञप्ती निकालेर प्रष्टिकरण दिनु परेको छ । विज्ञप्तीमा उनले भनेका छन्, ‘अनलाईन र सामाजिक सञ्जालमा म र सल्यानका साथीहरूको नाम जोडेर आज प्रकाशित समाचार पूर्णतः निराधार रहेको अवगत गराउन चाहन्छु ।’ यस्तो तथ्यहिन समाचारमा मेरो नाम जोडिएर आएको प्रति म गम्भिर आपत्ति प्रकट गर्दछु ।’ विष्टले विज्ञप्तीमा नेपाली कांग्रेसको तेह्रौं महाधिवेशनमा महामन्त्रीका उमेद्वार गगन थापाले आफुसंगको भेटमा अर्को प्यानलका उमेद्वारलाई मत मागेको भन्ने समाचार महाधिवेशनको चुनावी मैदानमा रहेका थापाको राजनीतिक चरित्र हत्या गर्ने उदेश्यबाट प्रेरित र महाधिवेशनलाई प्रभावित पार्ने अभिप्रायबाट भएको उल्लेख गरेका छन् ।

  यसैबीच लोकप्रिय नेता   थापाले आफ्नो उम्मेद्वारीबारे अफवाह फैलाइएको बारे आपत्ति जनाएका छन् । थापाले सामाजिक सञ्जाल र केही अनलाईन पोर्टलहरुले आफ्नो उम्मेद्वारीबारे अनर्गल, कपोलकल्पित र भ्रामक दुस्प्रचार गरिएको घटनाले आफुलाई दुखि बनाएको भन्दै खेद जनाएका हुन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै थापाले भनेका छन्, ‘काँग्रेस भित्रको परिपक्व पुस्ताको विश्वास एवं स्नेह र उर्जाशील युवा साथीहरुको भरोसा एवं साथका कारण आज म महामन्त्रीको उम्मेद्वारको रुपमा महाधिवेशनको मैदानमा छु । पार्टी भित्रको स्वस्थ प्रतिस्पर्धामा लागिरहेका बेला आज केही अनलाइन र सामाजिक संञ्जालमा मेरो उम्मेद्वारीका बारेमा अनर्गल, कपोलकल्पित र भ्रामक दुस्प्रचार गरिएको घटनाले मलाई दुखित बनाएको छ । विगतमा पनि मेरो राजनीतिक विश्वासलाई कमजोर र खण्डित बनाउन त्यस्ता प्रयास नभएका होईनन् । यस किसिमका कुनै पनि अफवाहको पछि नलाग्न र थप उत्साहका साथ चुनावी अभियानमा लाग्न सम्पूर्ण साथीहरूलाई हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया

सम्बन्धित