गगन र शशांकका क्षमता र योग्यतामा के फरक ?
काठमाडौं । नेपाली काँग्रेसको महाधिवेशनमा सर्बाधिक चर्चाको पात्र बनेका छन् युवा नेता गगनकुमार थापा र पार्टीका संस्थापक नेता विपी कोईरालाका पुत्र डा.शशांक कोइराला । दुबै जना महामन्त्री पदका लागि प्रतिस्पर्धामा छन् । पार्टीको मात्रै नभई मुलुकको लागि आशा गरिएका सवैभन्दा चर्चित युवा नेता थापा र पार्टीका संस्थापक नेता डा. कोइराला मध्य को पहिलो होला त ? सबैको चासोको बिषय बनेको छ ।
यहाँ गणतन्त्रवादीको प्रतिनिधित्व कस्ले गर्दछ र वंशवादीको प्रतिनिधित्व कस्ले गर्दछ भन्ने प्रश्न उठेको छ । महामन्त्रीका उम्मेदवार थापाले आन्दोलनका क्रममा वि.सं २०६१ मा भनेका थिए ’लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो, त्यस्तो ‘राजद्रोह’ मबाट जीवनपर्यन्त भइरहनेछ।
त्यसो त गगनको क्षमता र योग्यता भनेको विद्यार्थी राजनितीक काल देखी नै कांग्रेसको झन्डा मुनी रहेर देशलाई परिवर्तनतर्फ लैजान गणतन्त्रको मुद्दालाई संस्थागत गर्नु र संबिधान कार्यन्बयनलाई निस्कर्शमा पुर्याउन पहल गर्नु हो भने कोइरालाको योग्यता भनेको बिपी कोइरालाको पुत्र हुनु मात्र हो । त्यसकारण गगनले भनेका छन् - म वीपीको छोरो होइन ,मेरो नशामा वीपीको रगत होइन विचार बगेको छ । म वीपीको आदर्श बोकेर बाँचेको छु ।’ शशांकको पार्टीमा कुनै योगदान छैन।
प्रतिक्रिया