कांग्रेसमा सिटौला र थापाको जोडी नै शक्तिशाली
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला सभापतिको उम्मेदवार बन्ने तयारीमा छन् । उनले आज दिउँसो तीन बजे बत्तीस पुतलीस्थित अनुपम पार्टी प्यालेसमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्दैछन् । सिटौलाले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गर्ने तथा आफ्नो उम्मेदवारीको कारण र आवश्यकतासहित मौखिक रूपमा घोषणापत्र जारी गर्नेछन् ।
सिटौलाको तर्फबाट महामन्त्रीमा युवा नेता गगन थापा अघि सरेका छन् । यस्तै अधिकांश केन्द्रीय सदस्यमा युवा नेतालाई समेट्ने तयारीमा सिटौला छन् । त्यसैले सिटौलाको युवा जोडी नै शक्तिशाली हुने कांग्रेशका कार्यकर्ताहरु बताउँछन । नेपाली कांग्रेसका युवा नेताहरुले पार्टी उपसभापति रामचन्द्र पौडेललाई आगामी महाधिवेसनमा सभापतिको प्रतिष्पर्धामा नउत्रन आग्रह गरेका छन् ।बीपीको राजनीतिक दर्शनलाई कार्यान्वयन गर्न, गिरिजाप्रसाद कोइरालाको शान्तिप्रक्रियाको राजनीतिक कार्यदीशालाई पुरा गर्न र संविधानसभाद्धारा जारी संविधान कार्यान्वयन गर्न पनि कृष्णप्रसाद सिटौलालाई नैं संस्थापनपक्षबाट सभापतिमा उम्मेदवार बनाउन आग्रह गरेका छन् ।
राजधानीमा शुक्रबार भेला भएका संस्थापन पक्षधर युवा नेताहरुले उपसभापति रामचन्द्र पौडेललाई पार्टीको नेतृत्व युवामा हस्तान्तरण गर्न आग्रह गर्दै पार्टीमा अभिभावकत्व ग्रहण गर्न समेत आग्रह गरेकाा छन् । नेपाल महिला संघकी अध्यक्ष डा.डिला संग्रौला, पूर्ब मन्त्री जनकराज गिरी, काभ्रे कांग्रेसका निवर्तमान सभापति शिवप्रसाद हुमागाइँ, जेसिसका पूर्ब अध्यक्ष एबं चितवनका नेता दिनेस कोइराला, नेबिसंघका केन्द्रीय सदस्यहरु सिन्धुपाल्चोकका बलदेव तिम्सिना, खोटाङका दिनेस राई, नेपाल तरुण दलका केन्द्रीय सदस्य कालिकोटका नारायण भट्टराई, गोरखाका जनार्दन अर्याललगायत डेड सय बढी महाधिवेसन प्रतिनिधिहरुको सहभागिता थियो ।
प्रतिक्रिया