युवा नपाउँदा हच्किए पौडेल
कहिले कोइराला परिवारले आफुलाई प्रयोग मात्र गरेको, सहयोग लिएको तर आफुलाई सहयोग नगरेको, त्याग गर्न नजानेको जस्ता गम्भिर आरोप लगाउँदै देशव्यापी रुपमा पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानको नाममा संस्थापनबिरुद्ध बोल्दै हिँडेका पौडेल यतिबेला कोइराला परिवारको उत्तराधिकारी आफु भएको भन्दै दाबी गर्दै आएका छन् । सुशील कोइराला जीबित छँदै सशांक कोइरालालाई कार्यबाहक सभपति दिन्छु, मलाई सभापति जिताउनु प¥यो भनेर सहयोग माग्ने पौडेलले सुजातासँगको भेटमा उनैलाई उपसभापति बनाउने भन्दै पद वाँड्दै हिँडेका छन् । उनले कोइराला परिवारलाई उपसभापति दिन्छु भनेको सूचना थाहा पाएपछि विगत ८ बर्षदेखि सहकार्य गर्दै आएका गणेशमान पुत्र प्रकाशमान सिंह पनि चिडिएका छन् । पौडेलले अर्जुननरसिंह केसीसँगको भेटमा उनैलाई महामन्त्री बनाउने र डा. शेखरलाई भेट्दा उनैलाई महामन्त्री बनाउने भनेपछि केसी पनि पौडेलबाट बिच्किएर देउवा प्यानलमा हाम फालेका छन् । यता पौडेलले महामन्त्रीमा आफुलाई उम्मेदवार स्वीकार्न आनाकानी गरेपछि पूर्बअर्थमन्त्री डा. रामशरण महत पनि पौडेलसँग टाढिएका छन् । पौडेलको बोलीको ठेगान नहुने र निर्णय क्षमता नभएको भन्दै महतले मंगलबार साँझ आफु निकटनका सभासद्लाई राखेर सभापति पदको घोषणा गरेका छन् । पौडेललाई हालका पदाधिकारी र प्रभावशाली नेताहरुले नपत्याएपछि यसै साता मात्र युवा नेताहरुलाई घरमा बोलाएर सहयोगको याचना गरेका थिए । तर, युवा नेताहरु गगन थापा, गुरुराज घिमिरे, धनराज गुरुङ, कल्याण गुरुङ, नविन्द्रराज जोशी, बद्री पाण्डे, गोबिन्द भट्टराइहरुले महामन्त्री कृष्णप्रसाद पौडेललाई बाईपास गरी संस्थापन पक्षले उम्मेदवारीको तयारी गरे दुर्घटना हुन सक्ने भन्दै चेतावनी दिएका थिए । युवाहरुले आफुलाई साथ नदिएपछि पौडेलले कांग्रेसका पुराना नेताहरुलाई गुहारेका छन् । तर पौडेलका पुत्र चिन्तन पौडेलले निर्णय गर्नुअघि आफुलाई स्वीकार्य हुनुपर्ने भनेपछि पौडेललाई युवाले मात्र होइन, पुरानाले पनि साथ छोड्दै गएका छन् । पार्टी केन्द्रीय कार्य समिति बैठकमा पार्टीको नीति तथा कार्यक्रमको प्रस्ताव ल्याउने भनेपनि कोइराला केन्द्रीय समितिलाई झुक्याएका छन् । उनले सञ्चार माध्यमहरुलाई पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा मेल गरेर पठाएका छन भने केन्द्रीय सदस्यहरुलाई त्यसको प्रतिबेदन त के मस्यौदा समेत उपलब्ध गराएका छैनन् । पौडेल संस्थापन पक्षधर होइनन् कांग्रेस कार्यबाहक सभापति भएका रामचन्द्र पौडेलले कहिले पार्टी भित्रको समुह, गुट, उपगुट समाप्त पार्छु त कहिले संस्थापन पक्षको सिनियर नेता भएको हैसियतले मलाई सहयोग गर्नु पर्छ भन्दै हिँडेपछि संस्थापन पक्षधर नेताहरु पौडेलप्रति सतर्क हुन थालेका छन् । उनले आफुलाई संस्थापन पक्षले जिताई दिनु पर्ने अनि संस्थापन पक्षधर नेता र कार्यकर्ताको संरक्षण भने नगर्ने जस्ता आशयका अभिब्यक्तिले पौडेल संस्थापन पक्षधर नभएको यतिबेला कांग्रेसका पाका नेताहरुले टिप्पणी गर्न थालेका छन् । संस्थापन पक्षलाई देउवा गुटले अफ्ट्यारो पार्दा पौडेलले सँधै मैदान छाडेर भागेको दृष्टान्त कांग्रेसका नेताहरुले बिर्सिएका छैनन् । आफ्नो उम्मेदवारीको घोषणा पत्रकार माझ गर्दा देउवाले त मुखै फोडेर भनेका थिए–‘पौडेललाई २०५९ साल असारमै मैले कांग्रेस प्रजातान्त्रिकको सभापति बनाउन राजि भएर पार्टीनैं गठन गरेको थिएँ, त्यसैले पौडेलले संस्थापन भनेर दाबी गर्नु जरुरी छैन् ।’ संस्थापन पक्षधर नेताहरुले पनि पौडेलले संस्थापन पक्षको नेतृत्व वगर्न नसक्क्ने निष्कर्ष निकालेका छन् । उनीहरुले महामन्त्री प्रकाशमान सिंहले पनि काठमाडौं र ललितपुर जिल्ला अधिवेसनमा संस्थापनका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै उनलाई संस्थापनमा नराख्न नेताहरुलाई दबाब दिएका छन् । संस्थापन पक्षका पुराना र नयाँ पुस्ताले पौडेललाई सभापतिमा उम्मेदवार उठाउनु भनेको पार्टी देउवालाई किस्तीमा हालेर बुझाउनु सो सरह हो भनेर टिप्पणी गर्न थालेका छन् । त्यसैले, महामन्त्री, सिटौला, डा. महत र कोइराला परिवारका सदस्यहरुको सहमतिमै संस्थापनको एउटा टिम बनाउनु पर्ने आवाज उठ्न थालेको छ । सिटौलालाई कोइराला परिवारको साथ यसैवीच, महामन्त्री कृष्णप्रसाद सिटौलालाई संस्थापन पक्षका सबै आकांक्षीलाई समेटेर संस्थापन पक्षको नेतृत्व लिन कोइराला परिवारका सदस्यहरुले सुझाव दिएका छन् । बुधबार दिउँसो कोइराला परिवारका परिपक्व नेता स्वर्गीय सुशील कोइरालाका सहोदर भाई असोक कोइराला, बीपीपुत्र डा. शसांक कोइरालाले सिटौलालाई उनकै निवास चण्डोलमा भेटेर संस्थापन पक्षका आकांक्षीलाई समेटेर नेतृत्व लिन आग्रह गरेका छन् । डा. शसांकले आफुले सिटौलालाई समर्थन गर्ने तर कोइराला परिवारका सदस्यहरु सुजाता र डा. शेखरलाई पनि मनाउन सिटौलालाई आग्रह गरेका थिए । स्रोतका अनुसार सिटौलाले पूर्बअर्थमन्त्री डा. महतलाई पनि समेटेर लैजाने आफ्नो चाहाना भएको वताएका थिए । उनले सभापतिका आकांक्षी पौडेल सम्मानजनक पद र इज्जत दिन आफु तयार रहेको जिकिर गरेका थिए । देउवा भन्दा सिटौलाका महाधिवेशन प्रतिनिधि धेरै यसैवीच, कांग्रेसको करिब ७० जिल्लाको जिल्ला अधिवेसन र क्षेत्रिय अधिवेसनको परिणाम अनुसार असन्तुष्ट धारको नेतृत्व गर्दै आएका शेरबहादुर देउवा र संस्थापन पक्षका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई ब्यक्तिगत रुपमा मत दिनेहरु बढी देखिएका छन् । शेरबहादुर देउवाको पकड मानिएको सूदुर पश्चिमका कतिपय जिल्लाका महाधिवेसन प्रतिनिधिहरुले देउवालाई असयोग गर्ने चेतावनी दिएका छन् । उनीहरुले देउवाले आफै निर्णय गर्ने भन्दा देउवा पत्नी आरजु र मधेशवादी कांग्रेसी बिमलेन्द्र निधिको इसारामा चलेको भन्दै असन्तुष्टी ब्यक्त गरेका हुन् । यस्तै स्थिति देखिएमा देउवाको पक्षमा करिब ११ सय महाधिवेसन प्रतिनिधि देखिएका छन् भन सिटौलाको पक्षमा करिब १२ सय महाधिवेसन प्रतिनिधि देखिएका छन् । सिटौलाको एक नम्बर प्रदेश र दुई नम्बर प्रदेशबाट मात्र करिब आठ सय महाधिवेसन प्रतिनिधि देखिएका छन् । तर, देउवाको राम्रो मनिएको सुदुर पश्चिममा भने चार सय पनि महाधिवेसन प्रतिनिधि उनको पक्षमा छैनन् । देउवाले खुमबहादुर खड्का निकट र बिमलेन्द्र निधि निकटका महाधिवेसन प्रतिनिधिको मत तान्ने योजना बनाएका छन् । तर, मधेशबाट देउवाले भने १० प्रतिशत पनि मत नआउने भएको छ । त्यसका लागि बिमलेन्द्र निधिले आफुलाई मात्र महामन्त्रीमा मत मागिरहेका छन् । मधेशमा देउवालाई मधेशबिरोधी कांग्रेसी नेताको रुपमा चित्रित गरिएको छ । देउवाले सूदूर पश्चिमको कैलाली जिल्लाको एक इन्च पनि भूमि मधेश प्रदेशमा गाभ्न नदिने भनेर सर्बदलिय बैठकमा संविधान निर्माण गर्नु अघि बोलेको बिषयलाई लिएर मधेशका महाधिवेसन प्रतिनिधिहरुर देउवालाई कुनै पनि हालतमा मत नदिने अभियानमा लागेको स्रोतले वतायो ।
प्रतिक्रिया