बाबुरामले किन देखे ‘आईएसआई’ एजेन्ट ?

baburamकाठमाडौं । वर्षौंसम्म माओवादी पार्टीमा रहेर भारतको पक्षपोषण गरेका बाबुराम भट्टराईले मुस्लिम थर जोडिएका नेता र कार्यकर्तालाई आफ्नो नयाँशक्ति अभियानमा स्थान नदिने गरेको रहस्य खुलेको छ । किन कि मुस्लिमहरु सबै पाकिस्तानका जासुस (आईएसआई) हुन्छन् भनेर बाबुरामले आफ्नो पार्टीमो ठाउँ नदिएका हुन् । भारतको प्रत्यक्ष इशारामा चल्दै आएको आरोप खेपेका बाबुरामले त्यसलाई पुष्टि हुने गरी एक जना मुस्मिल नेतालाई आफ्नो पार्टीको सदस्य बनाउन इन्कार गरेको रहस्य बाहिर अएको छ । कुरो हो संघीय समाजवादी फोरम नेपाल छाडेर पछि कारबाहीमा परेका रिजवान अन्सारीको । अन्सारी उपेन्द्र यादवको संघीय समाजवादी पार्टी छाडेपछि बाबुरामको शरणमा पुगेका थिए । तर, बाबुरामले अन्सारीलाई पाकिस्तानको एजेन्ट (आईएसआई)भन्दै खाली हात फर्काइदिएका थिए । स्रोतका अनुसार बाबुरामले अन्सारीलाई तत्काल आफ्नो पार्टीमा मुस्लिमहरूका लागि ठाउँ नरहेको जवाफ दिएका छन् । बाबुरामका एक सहयोगीका अनुसार अन्सारीले एमालेका साथै संघीय समाजवादी फोरम नेपालभित्र पनि संकास्पद भूमिका खेलेको सूचना आएकाले नयाँ शक्तिमा नराखेको जनाए । बाबुरामले नयाँशक्तिमा ठाउँ नदिएपछि अन्सारी एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न लाजिम्पाट पुगेका थिए । दाहालले पनि बाबुरामले नपत्याएकोलाई पार्टीमा राख्नुको कुनै अर्थ रहँदैन भनेर खाली हात पठाएको स्रोतको भनाइ छ । अन्सारीले बाबुराम र दाहालसँग केन्द्रीय सदस्यको माग गरेका थिए । तर, त्यो माग उनीहरूले अस्वीकार गरिदिएपछि चिन्तित बनेका अन्सारी आफैले संघीय नव बिचार समूह गठन गरेर बसेका छन् । उनी एमालेले बोलाएमा त्यतै जान खुट्टा उचालेको आरोप पनि छ । तर अन्सारीले आफू एमालेमा कुनै पनि हालतमा नफर्कने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित