अखिलको अध्यक्षमा लामा विजयी
काठमाडौँ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको (अनेरास्ववियु)को २२ औँ राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा नवीना लामा निर्वाचित भएकी छन् । मतगणनामा उनले ८६५ मत प्राप्त गरिन भने प्रतिद्वन्द्वी दीपक गौतमले ६४९ मत प्राप्त गरे ।
त्यस्तै उपाध्यक्षहरूमा रश्मी आचार्य, महेश बर्तौला, शैलेश लामा र सुनिता बराल, महासचिवमा ऐन महर, सचिवहरूमा आरसी लामिछाने, समिप बडाल, सुदेश पराजुली र मकर खड्का तथा कोषाध्यक्षमा झपेन्द्र खत्री विजयी भएका छन् ।
प्रतिक्रिया