दीपाले किन झुठ बोलिन?
काठमाडौं । सुरुमा बिभिन्न गफ लगाउने अनि अप्ठ्यारो परेपछि अनेक बहाना बनाउँदै अरुलाई दोसी देखाउने नेपाली चलचित्रकर्मीको पुरानै शैली हो । यस्तै शैली चर्चित हाँस्य अभिनेत्री दीपाश्री निरौला पनि देखिएको छ । उनले केही समय पहिले चलचित्र ‘लप्पन छप्पन’ आफूले बनाउने गफ त लगाइन् । तर उक्त गफका कारण उनी अहिले अप्ठ्यारोमा छिन् ।
दीपाले गतशनिबार सरस्वती पूजाको अवसर पारेर एक चलचित्र निर्देशन घोषणा गरिन् ‘लप्पन छप्पन’ । उनको त्यो घोषणाका कारण धेरै मिडियाले समाचार समेत बनाए । तर उक्त चलचित्र निर्माणका लागि विकास बोर्डमा आधिकारिक नाम दर्ता सहित अर्कै अगाडि बढेको कुरा दीपाले नै बुझ्न सकिन्, न त मिडियाले नै थाहा पाउन सके । । सोही कारण अहिले दीपा नाम कसरी लिने भन्ने कसरतमा छिन् ।‘लप्पन छप्पन’ नाम चलचित्र बिकास बोर्डमा गोल्डेन हिल प्रालिको नामबाट दश दिनभन्दा अगाडि दर्ता भएको छ ।
यो चलचित्र गोल्डेन हिलका लागि निर्माता प्रकाशबहादुर र मकुन्द भट्टले दर्ता गराएका हुन् । जसको निर्देशकमा भुकुन्द भट्ट नाम राखिएको छ । स्कृप्ट र कलाकार सहित दर्ता गरिएको उक्त चलचित्रको कलाकारमा दयाहाङ राई , सौगात मल्ल र अर्पण थापा समेत उल्लेख छ ।आफूले घोषणा गरेको चलचित्र अर्कैले दर्ता गरेको थाहा पाएर दीपा सो मिलाउन लागि परेकी छन् । जसका लागि उनले गोल्डेन हिल प्रालिसँग मिटिङ समेत गर्ने तयारी छिन् ।
आफू उक्त नाम लिने तरखरमा लागेको दीपाले बताइन् । ‘पहिला मलाई थाहा थिएन, अहिले थाहा भयो’, दीपाले नामको बिषयमा भनिन्, ‘दर्ता गर्ने कम्पनी र त्यससँग सम्बन्धित ब्यक्तीहरुसँग आज मिटिङ छ ।’ मिडिया हाल्ला भइसकेकोले सकरभर त्यो नाम आफूले नै लिन चाहेको दीपाले खुलाइन् ।उता गोल्डेन हिल प्रालिका नाममा चलचित्र दर्ता गर्ने मध्यका एक प्रकाश बहादुर ‘लप्पन छप्पन’ नाम आफ्नो भएकोले कुनै हालतमा नछोड्ने पक्षमा छन् । ‘त्यो नाम मैले बिकास बोर्डमा पहिले दर्ता गरेकोले हुँ’, उनले भने, ‘उक्त नाममा चलचित्र म आफै बनाउछु ।’ ’आफ्नो कथाअनुसार चलचित्रको नाम जुराएको प्रकाशको भनाईछ । ‘आफ्नो चलचित्र केही दिनमै छायाँकन जाने तयारीमा रहेकोले जसले जे भने पनि उक्त नाम म छोड्दिन’, प्रकाशले थपे ‘नाम राम्रौ भएर लफडा दिन खोजिएको हो म पछि हट्दिन ।’उता दीपाले ‘लप्पन छप्पन’ नाम पहिले आफूले सार्वजनिक गरेको दाबी गरिन् ।
दीपकले एक कार्यक्रममा उक्त चलचित्र नाम हल्ला गरेका थिए । सायद गोल्डेन हिलका साथीहरुले थाहा पाएर आफ्नो नाममा हतारो गरेर दर्ता गर्नु भएको हो’, दीपाले अनुमान लगाइन् ।दीपाको यो भनाईलाई खन्डन गर्दै गोल्डेन हिलका प्रकाशले कथा अनुसार नाम जुराउने क्रममा नाम निश्किएको बताए ।दीपाले यो नामबाट चलचित्र दीपकराज गिरी, र निर्मल शर्मा ‘गैंडा’ को निर्माण सहकार्यमा बनाउन लागेकी हुन् । जसमा राजनराज शिवाकोटी र दीपक शर्माको संगीत रहनेछ । दीपकराज सहित केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल‘‘मुन्द्रे’, शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’, बुद्धि तामाङ्ग ‘हैट’, बसुन्धरा भुषाल लगायत कलाकारहरुको अभिनय रहेन घोषणा गरेकी थिइन् ।
प्रतिक्रिया