जिल्ला अधिवेशन फागुन १ सम्मलाई स्थगित

congress flagकाठमाडौं । पार्टी सभापति सुशील कोइरालाको निधन भएपछि बसेको नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले जारी जिल्लाहरुको अधिवेशनलाई फागुन १ गते सम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ । केही जिल्लामा हिजै अधिवेशन सम्पन्न भइसके पनि कतिपय जिल्लामा जारी छ । बैठकले सभापति कोइरालाको निधनको तीन दिन शोक मनाउने तथा १३ दिन पार्टी कार्यालयमा झन्डा झुकाउने र औपचारिक कार्यक्रम नगर्ने पनि निर्णय गरेको छ । कार्य समितिले महाधिवेशन सार्ने विषयमा भने कुनै निर्णय गरेको छैन । बिधानले नै सभापतिको निधन भएमा उपसभापति स्वतः कार्यबाहक सभापति हुने व्यवस्था गरेकाले आजको बैठक उपसभापति रामचन्द्र पौडेलको सभापित्वमा बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित