भट्टराईको नाममा बखेडा गर्नेहरू

mrijalकाठमाडौं । प्रजातन्त्रका योद्धा एवम् नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा स्थापना गर्ने भनिएको ‘कृष्णप्रसाद भट्टराई आमसञ्चार राष्ट्रिय प्रतिष्ठान’ रोक्नका लागि कांग्रेस र एमाले निकट केही पत्रकारहरू लागेको रहस्य खुलेको छ । कांग्रेस र एमालेका केही वरिष्ठ र प्रभावशाली नेताहरूले प्रजातन्त्रका लागि योगदान दिएका स्वर्गीय भट्टराईको नाममा स्थापना गरिने कुनै पनि प्रतिष्ठान वा संस्था आफैमा पवित्र हुने भन्दै हरियो झण्डा देखाइसकेका छन् ।

  तर, कांग्रेस र एमाले निकट केही वरिष्ठ भनाउँदा लोभीपापी पत्रकारहरूका कारण प्रतिष्ठान गठनको विषयलाई जबरजस्ती विवादमा तानिएको हो । कांग्रेसभन्दा पनि एमालेभित्रै केही वरिष्ठ भनाउँदा पत्रकारहरूले नै प्रतिष्ठान आउन नदिन ठूलो चलखेल गरेको स्रोतले जनाएको छ । एमालेका उपाध्यक्ष बामदेव गौतमले कृष्णप्रसाद भट्टराईको नाममा स्थापना हुने कुनै पनि संस्थाको विरोध गर्नुको कुनै अर्थ छैन भनेर प्रेस चौतारीलाई कडा झापड दिइ सकेका छन् । ‘त्यो जमानामा प्रजातन्त्रका लागि संघर्ष गरेका स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाममा स्थापना हुने प्रतिष्ठान होस् वा कुनै पनि संस्थाको विरोध गर्नु हुँदैन । उहाँले मुलुक र हाम्रा लागि पु¥याउनु भएको योगदान उल्लेखनीय छ’, उपाध्यक्ष गौतमलाई उदृत गर्दै स्रोतले भन्यो–‘बरु नेपाल पत्रकार महांसघको संस्थापक अध्यक्ष को हो त्यो खोज्नुस् । कृष्णप्रसाद भट्टराईको नाम जोडिने प्रतिष्ठानको बिरोध नगर्नुस् ।’ यता, कांग्रेसमा आफूलाई सभापति सुशील कोइरालाको निकट भनेर चिनाउने केही सीमित पत्रकारहरूले प्रतिष्ठानको नामको अगाडि स्वर्गीय कृष्णप्रसाद भट्टराईको नाम जोड्न नहुनेभन्दै भित्रभित्रै लबिङ गरेको स्रोतले जनाएको छ । यो लबिङमा विशेष गरेर कोइरालाको निजी सचिवालय र केन्द्रीय सदस्य मीनेन्द्र रिजालसहितको समूह लागेको छ । बाहिर समर्थन गरे पनि भित्रभित्रै कृष्णप्रसाद भट्टराईको नाम जोडिएकोमा विरोध गरिरहेको एमाले निकट एक पत्रकारले खुलासा गरे । यो प्रतिष्ठानमा रहने अध्यक्षलाई लिएर कांग्रेस र एमालेका केही पत्रकारहरूले ¥याल चुहाएका छन् । उनीहरूले आफू अनुकुल हुने नदेखेपछि कृष्णप्रसाद भट्टराईको नाममा बखेडा गरेको स्रोतको भनाई छ । एमाले निकट केही पत्रकारहरूले आमसञ्चार राष्ट्रिय प्रतिष्ठानमा पीएचडी गरेको व्यक्तिलाई अध्यक्ष बनाउन माग गरेर सूचना तथा सञ्चारमन्त्रीलाई दबाव दिएको खुलेको छ । तर, उनीहरूले के सोचेका छन् भने पत्रकारितामा पीएचडी गरेको सीमित छन् भनेर नियुक्ति ताकेका हुन् भने त्यो गलत हुनेछ । किन भने पत्रकारितामा पीएचडी गर्ने धेरै छन् । आ–आफ्नो व्यक्तिगत स्वार्थका कारण अगाडि बढ्न नसकेको यो प्रतिष्ठान प्रधानमन्त्री केपी ओली सरकार रहँदासम्म आकार पाएर नआउने हो की भन्ने आशंका जोडिएको छ । वरिष्ठ पत्रकार पोखरेललाई रोक्न टुप्पी कस्ने को ? एमाले निकट वरिष्ठ पत्रकार गोविन्द पोखरेललाई केही पहुँचवाला पत्रकारहरूले कुइँनाले धकेलेर भित्तामा पु¥याउने प्रयास गरेका छन् । वामपन्थी आन्दोलनमा लामो समय विताएका वरिष्ठ पत्रकार पोखरेललाई विभिन्न स्थानमा नियुक्तिका लागि प्रधानमन्त्री ओलीले प्रयास गरे पनि एउटा समूह टुप्पी कसेर रोक्न लागेको स्रोतले जनाएको छ । पोखरेलको नाम प्रधानमन्त्री, सञ्चारमन्त्री र अन्य विभिन्न स्थानमा प्रस्ताव भएपनि केही पत्रकारहरूको चलखेलले अगाडि बढ्नै नसकेको प्रेस चौतारीका एक पदाधिकारीले बताए । ‘गोविन्द पोखरेल दाई अत्यन्तै सम्मानित हुनुहुन्छ’, ती पदाधिकारीले भने–‘उहाँलाई रोक्न एउटा बलियो गुट नै लागेको छ । त्यो गुटको सबै जानकारी थाहा छ । हाम्रै साथी हुन् । खै के गर्ने ?’

प्रतिक्रिया

सम्बन्धित