कांग्रेसमा महाधिवेशनको रन्को सुरु

Sarangkotयदुनाथ बञ्जारा/पोखरा । नेपालकै पुरानो र ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशनको तयारी द्रुत गतिमा अगाडी बढेको छ। आगामी  माघ १५ गतेबाट अधिवेशनका लागि तल्लो तहबाट निर्वाचन प्रकृया अगाडी बढ्ने कार्यसूची तय भइसकेको छ।

 माघ १५ गतेबाट सुरु हुने गाँउ नगर तथा वडा अधिवेशनका लागि आफ्नो उम्मेदवारी दाबी गर्ने क्रम सुरु भएपछि महाधिवेशनको रौनकताले राम्रै स्थान पाएको छ। मुलुककै एक मात्र पर्यटकीय नगरी पोखरा उपमहानगरपालिकाको सभापती बन्ने आकांक्षा सहित स्थानीय वडा नं. १८ का कार्यकर्ता विमल बहादुर कार्कीले अघिल्लो हप्तै आफ्नो  उम्मेदवारी घोषणा गरिसकेकाछन्।

  उनले यस अघिको अधिवेशनमा झिनो मत अन्तरले विष्णु बराल सँग चुनाव हारेका कार्कीले यस पटक आफू भारी मतले जित्ने दाबी गरेका छन्। विमल बहादुर कार्कीले आÇनो उम्मेदवारी सँगै ६ बुँदे कार्ययोजना समेत सार्वजनिक गरेका छन्। उनले यति ठूलो नगरमा कांग्रेसको व्यापक शक्ति भएर पनि कार्यकर्ताहरुको उचित व्यवस्थापन हुन नसकेको भन्दै आफूले पोखरा नगर सभापती बन्न सफल भएमा गर्न सक्ने न्यूनतम कार्यक्रमलाई सार्वजनिक गरेका छन्। के छन् कार्कीको प्रतिबद्धता पत्रमा पहिलो नम्बरमा उनले नगरमा पार्टी कार्यालय स्थापना गर्नुपर्ने महशुस गरि पार्टी कार्यालय व्यवस्थापन गर्ने जनाएका छन्। कार्यालयलाई सूचना र प्रविधिले समृद्ध पार्ने सोच लिएकाछन्। दोश्रोमा पार्टीको संगठन सम्बन्धि कार्यलाई महत्व दिएका कार्कीले साधारण र कृयासील सदस्यहरुलाई छुट्टाछुट्टै अभिलेख राखिने, पार्टीका भातृ र सुभेच्छुक संस्थाहरुलाई नगर र वडा तहसम्म विस्तार गरिने पार्टीका माथिल्ला तहबाट आएका निर्देशनहरु सबै तहसम्मको पहुँच विस्तार गरिने बताए। तेश्रोमा प्रशिक्षण सम्बन्धि कार्य गर्ने बताएका छन्।

 हरेक पेशा, व्यवसायी लगायत सम्बृद्ध सबैलाई नितिगत, सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिइने बताए चौथोमा, पार्टीका हित अनुकुलताको लागि र आÇनो निर्वाचन मिसनका लागि सबै प्रचारका अंगहरुलाई प्रयोगमा लिइने उल्लेख गरेका छन्। पाचौंमा, सामाजिक कार्यमा राष्ट्र हामी सबैको साझा हो भन्ने धारणाको विकासका लागि र मुलुकको भ्रष्टाचार, ढिलासुस्ती अन्तयका लागि संघर्ष गर्ने उल्लेख गरेको छ। अन्तिममा विकास निर्माण सम्बन्धि कार्यका लागि स्थानीय स्रोत साधन, दातृ निकायबाट प्राप्त स्रोत साधनलाई अधिकतम् प्रयोग गरि विकास निर्माणका लागि संगठनलाई सकृय तुल्याइने घोषणा गरेका छन्। बजिरमान श्रेष्ठको उम्मेदवारी घोषणा नेपाली कांग्रेसको आसन १३ औं महाधिवेशनको सन्दर्भमा पोखरा उपमहानगर समितिको सभापतिमा बजिरमान श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन्। पोखरा वडा नं. १३ निवासी श्रेष्ठ नेपाली कांग्रेसका पुराना कार्यकर्ताको दर्जमा पर्ने व्यक्ति हुन्। २०३६ सालबाट नेपाली कांग्रेसको वडा इकाई सदस्य बनेपछि श्रेष्ठको सकृय राजनीति सुरु भएको थियो।विभिन्न सामाजिक र शैक्षिक संघ संस्थाहरुमा आवद्ध रहेका बजिरमान श्रेष्ठ पोखरा उपत्यक नगर विकास समितिमा बोर्ड सदस्य रहेर काम गरिसकेका छन्। उनले माघ ११ गते आफ्नो  उम्मेदवारी घोषणा गरेका छन्।

  नगर समिति सभापतिको उम्मेदवार घोषणा गर्दा उनले विभिन्न १० बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको १० बुँदे कार्यक्रममा नेपाली कांग्रेस नगर समिति र कार्यकर्ताहरुलाई भौतिक पूर्वाधार सुविधा सम्पन्न तुल्याउनलाई सक्रिय रहने दाबी गरेका छन्। नगर क्षेत्र भित्रका कांग्रेस नेता कार्यकर्ताहरुको मूल्याङ्कन र अभिलेखलाई व्यवस्थित गर्ने, भातृ संस्थाहरुलाई वडा तहसम्म विस्तार गर्ने, सबै तहमा समानुपातिक समावेशी अवधारणा अनुसरण गर्ने, कार्यकर्ताको क्षमता अनुसारको जिम्मेवारी दिने र प्रतिस्पर्धि तथा नेतृत्वदायी कांग्रेस बनाउने विषयलाई आफ्नो  कार्य योजनामा समेटेका छन्। पोखरा उपमहानगर समितिको सभापतीमा यो दोस्रो उम्मेदवारी हो। यस अघि पोखरा १८ का विमल बहादुर कार्कीले आफ्नो  उम्मेदवारी घोषणा गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित