वरिष्ठ अधिवक्ता थापासँग लोकमान र सुबेदी पराजित

shambulokeकाठमाडौं। सर्वोच्च अदालतले आफ्नो अधिकार क्षेत्रको सीमाभित्र रहेर मात्र अनुसन्धान गर्नू भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई  सचेत गराएको छ  । अख्तियार प्रमुख लोकमान सिंह कार्कीको निर्देशनमा  बिभागका तत्कालिन निर्देशक भरत सुबेदीले   वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा छापा मारेपछि परेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको इजलासले सोमबार फैसला सुनाउँदै न्यूनतम अनुसन्धान र निष्कर्ष वेगर व्यक्तिको व्यवसायीक विशेषाधिकार, मर्यादा र गोपनियतालाई उल्लंघन गर्ने गरी अनुचित हस्तक्षेप गर्ने कार्य नगर्न सचेत समेत गराएको हो ।

 कुनै आधिकारिक निर्णयबिना नै अख्तियारको पत्रका आधारमा राजश्व अनुसन्धान विभागले २१ भदौ २०७० मा अधिवक्ता शम्भु थापाको लिगल एडभाइजर्स फोरममा छापा मारी कम्प्युटर र अन्य कागजात कब्जामा लिएपछि थापाले त्यसविरुद्ध सर्वोच्चमा भदौ २३ गते रिट दायर गरेका थिए।

  आफ्नो ल फर्ममा गैरकानुनी रुपमा छापा मारेको भन्दै थापाले भदौ २२ गते रिट दायर गरेका थिए। अख्तियारले औपचारिक निर्णय नै नगरी पर्याप्त आधार र कारण नभइ निर्देशित पत्रको आधारमा विना कुनै अनुसन्धान हतारमा थापाको ल र्फममा छापा मारेको पाइएको सर्वोच्चले जनाएको छ ।

  सर्वोच्चको फैसलामा  कानूनले प्रदान गरेको अधिकार क्षेत्रको सीमाभित्र रही विधिसम्मत अजुसन्धान तहकितबाट युक्तियुक्त देखिएको अवस्थामा बाहेक निर्देशित रुपमा खानतलासी दिने जस्तो अरु कसैको अधिकार क्षेत्र तथा मौलिक एवं कानूनी हकमा हस्तक्षेप हुने कार्य नगर्नू/नगराउनू,’ भनिएको छ। सर्वोच्चको यो   फैसलासँगै अख्तियार प्रमुख लोकमानले वरिष्ठ अधिवक्ता थापासँग साँधेको प्रतिशोध को अन्त्य भएको छ । थापाले आफ्नो ल र्फममा राजस्व अनुसन्धान विभागले छापा मारेको घटनालाई लिएर अख्तियार प्रमुख लोकमानसिंह कार्कीसँग कानूनी लडाइँ लड्ने बताएका थिए  । त्यसको जवाफमा  लोकमानले अधिवक्ता थापामा आएको ‘विचेतन’ को संज्ञा दिएका थिए  ।

प्रतिक्रिया

सम्बन्धित