राष्ट्र विखण्डन गर्न खोज्नेलाई नछाड्ने युवा संघको चेतावनी

youवीरगञ्ज । युवा संघ नेपालले पर्साको वीरगञ्जलाई राष्ट्रव्यापी जागरण अभियान अन्तर्गत  मधेसमा प्रवेस गरेको छ  । मधेस आन्दोलनको मुख्य गढ वीरगञ्जलाई विहीबारदेखि युवा संघ नेपालले आफ्नो कब्जामा लिएर जागरण अभियान सुरु गरेको हो । वीरगञ्जको कमाण्ड युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले सम्हालेका छन् ।

  मोरङको विराटनगरस्थित जोगवनी नाकामा गत शनिबार भएको मधेसी मोर्चा र प्रहरीबीचको झडपमा घाइते महतो उपचारका लागि दिल्ली गएका बेला उनको अड्डा वीरगञ्जलाई युवा संघले कब्जामा लिएको हो । युवा संघका अध्यक्ष राजीव पहारीले वीरगञ्जमा जागरण अभियान सफलताका साथ चलिरहेको बताए । अध्यक्ष पहारीले मधेका जायज माग पुरा गर्नुपर्ने भन्दै राष्ट्र विखण्डन गर्न खोज्नेलाई नछाड्ने चेतावनी दिए । उनले मधेसको विकासका लागि सरकारले आर्थिक विकासको प्याकेज ल्याउनुपर्ने बताए । भारतमा ग्राम पञ्चायत चुनाव हारेका नेपालमा सांसद छन् ।

  तिनीहरुको नागरिकता छानविन गरी तत्काल बर्खास्त गर्नुपर्छ,’ उनले भने । सरकारले गतिशील भएर काम गर्नुपर्ने उनको सुझाव थियो । राजेन्द्र महतोको राजधानी मानिने वीरगञ्जमा यसअघि कुनै पार्टी तथा भातृ संगठन कार्यक्रम लिएर जान नसकेको बेला युवा संघले भने पुरै सहर कब्जामा लिएर जागरण अभियान चलाएको हो ।यसैगरी मधेसलाई अलग राष्ट्र बनाउने भ्रम पनि युवा संघले चिर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित