पुत्रशोक परेका प्रचण्ड भोलि चितवन जाँदै

काठमाडौं छोरा प्रकाश दाहालको निधन भएको दुई दिनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार चुनावी सभामा भाग लिन चितवन जाने भएका छन् । उनको निजी सचिवालयका अनुसार मंगलबार भरतपुर बसपार्कमा हुने चुनावी सभामा भाग लिन प्रचण्ड जान लागेका हुन् । तर, उनले चुनावी सभालाई सम्बोधन गर्ने÷नगर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन । माओवादी केन्द्रले मंगलबार देशभरिका सबै निर्वाचन क्षेत्रमा शोक सभा गर्ने निर्णय गरेको छ। दाहाल परिवारलाई समवेदना दिन देउवा र ओली लाजिम्पाटमा पुष्पकमल दाहालका छोरा प्रकाशको निधनमा समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल दाहाल निवास लाजिम्पाट पुगेका छन् । जिल्ला बाहिर रहेका उनीहरू आज प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्न लाजिम्पाट पुगेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित