देउवा, पौडेल र सिटौलाबीच भीडन्त हुने
काठमाडौं । नेपाली कांग्रेसको आगामी फागुन तेश्रो साता हुने १३ औं महाधिवेसनमा सभापतिमा त्रिपक्षिय प्रतिष्पर्धा हुने भएको छ ।सभापति एबं पूर्बप्रधानमन्त्री सुशील कोइरालाले अघिल्लो महाधिवेसनमा एक पटक मात्र नेतृत्वको लागि प्रतिष्पर्धा गर्ने भन्दै सार्बजानिक रुपमा मत मागेपछि उनको उत्तराधिकारीको रुपमा सभपातिमा दुई जनाले दाबी गरेका छन ।संस्थापन पक्षको निगाहबाट पार्टी महाधिवेसनमा पत पाएर उपसभपातिमा मनोनित हुने तर आफुलाई सँधै मध्यमार्गी नेता भन्न रुपचाउने रामचन्द्र पौडेल र सस्थापन पक्षमा बलियो भएर उभिने महामन्त्री कृष्णप्रसाद सिटौलाबीच संस्थापन पक्षबाट सभापति आफु हुनुपर्ने दाबी गरिरहेका छन् ।
दुबैले सभापतिमा दाबी गर्दै भोट माग्न समेत थालिसकेका छन् । त्यस्तै, विगत डेढ दशकदेखि पार्टी नेतृत्वको महत्वकांक्षी बन्दै आएका असन्तुष्ट धारको नेतृत्व गर्दै आएका पूर्बप्रधानमन्त्री शेरबहादुर देउवा पनि सभापतिको आकांक्षी बनेका छन् । तीनैजनाले औपचारिक र अनौपचारिक रुपमा सभापतिको उम्मेदवार बन्ने बताईसकेका छन् । हालसम्म पनि पार्टीको नेतृत्व लिन अकांक्षा नदेखाएका सभापति सुशील कोइरालाले यस बिषयमा मुख खोलेका छैनन् ।तर कोइराला परिवारका सदस्यहरु, त्यसमा पनि बीपीपुत्र शसांक कोइराला, नोनापुत्र डा. शेखर कोइरालाले सभपाति सुशीललाई पुन सभापतिमा उठाउने अड्कलबाजी पनि गरिएको छ ।
यस्तो आशंका र अड्कलबाजीलाई सुशील निकटका नेताहरु संगठन बिभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, प्रवक्ता दीलेन्द्रप्रसाद बढु, अर्का नेता दीलबहादुर घर्ती लगायतले रामचन्द्र पौडेल संस्थापन पक्षबाट सभापतिको उम्मेदवार बन्ने विषयमा संस्थापन पक्षले निर्णय गरिनसकेको भनेर कोइराला पुन सभपातिमा उम्मेदवार बन्ने अड्कलबाजीलाई पुष्टी गरेको छ ।तर, कांग्रेस केन्द्रीय कार्य समितिका अधिकांश नेता र त्यसमा पनि युवा नेताहरुले तीन शीर्ष नेताले पार्टीको नेतृत्वको आकांक्षा राख्न नहुने भन्दै उनीहरुलाई अभिभावकको भूमिकामा बस्न सार्वजानिक रुपमा आव्हान गरिरहेका छन् । युवा नेताहरुले पार्टी नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न दबाब र माग समेत गरिरहेका छन् ।
तर सुशील निकटका नेताहरु सुशीललाई नैं पुन उम्मेदवार बनाउनु पर्छ भन्ने पक्षमा छन भने देउवा निकटका नेताहरु देउवालाई पार्टी नेतृत्वको अवसर दिनु पर्ने भन्दै कुनैं पनि हालतमा सभापतिमा उठाएरै छाड्ने मनस्थितिमा छन् । पौडेललाई भने करिब पाँच जना सांसद र तीन जना केन्द्रीय सदस्यहरुले सभापातिमा उठ्न उक्साई रहेका छन् ।
को हुन देउवा ? कांग्रेस नेता शेरबहादुर देउवा कांग्रेसको तर्फबाट प्रधानमन्त्री हुने भाग्यशाली ब्यक्ति हुन् । नेपाल बिद्यार्थी संघको संस्थापक देउवा, रवाफी, आडम्बरी, बिलाशी र सान सौकतमा रमाउने उच्च तहको बिशिष्ट ब्यक्तिको रुपमा आफुलाई प्रस्तुत गर्न रुचाउँछन् ।उनको जीबन शैली पनि त्यस्तै रवाफी र उच्च घरानियाको झैं छ । तथापी देउवा डडेलधुराको असीग्राम गाबिसस्थित रुवाखोलामा साधारण परिवारमा जन्मिएका नेपाली नागरिक हुन् ।तर, उनले राणा परिवारकी आरजूसँग विवाह गरेपछि उनको जीबनशैलीमा परिवर्तन आएको हो । सार्वजनिक चासो र समस्याको बिषयमा कम बोल्न रुचाउने देउवा चरम महत्वकांक्षी नेता पनि हुन् ।उनी २०५२ सालमै कांग्रेसको तर्फबाट प्रधानमन्त्री बनिसकेका ब्यक्ति हुन् । तीन–तीन पटक प्रधानमन्त्री भएर पनि पार्टीको नेतृत्व लिने महत्वकांक्षाले उनलाई छोडेको छैन । २०५७ सालदेखि उनी लगातार पार्टी नेतृत्वको प्रतिष्पर्धामा उत्रिएपनि सँधै पराजित हुँदै आएका छन् । उनले संसदीय दलको निर्वाचनमा एक पटक मात्र बर्तमान सभापति सुशील कोइरालालाई २०५८ सालमा पराजित गरेका थिए । देउवा नवौं महाधिवेसनमा स्वर्गीय गिरिजाप्रसाद कोइरालासँग र १२ औं महाधिवेसनमा सुशील कोइरालासँग पराजित भएका थिए ।देउवा पुराना पुस्ताका आउट डेटेड नेता भन्दै देउवा पक्षधर नेताहरुले समेत उनको साथ छोडिसकेका छन् । देउवालाई प्रभावशाली नेता खुमबहादुर खड्का, बिमलेन्द्र निधि र पूर्णबहादुर खड्काले समेत साथ छोडिसकेका छन् । को हुन् पौडेल ? कांग्रेसमा आफुलाई सँधै मध्यमार्गी र सेतु नेताको रुपमा चिनाउन खोज्ने पौडेल प्रतिनिधिसभाको सभामुख भएर पनि मन्त्री पद नछोड्ने नेता हुन् ।उनले सँधै संस्थापन पक्षको सहयोगमा पार्टी नेतृत्वदेखि लाभका पदमा बसिरहेका छन् । तर कोइराला परिवारलाई समस्या र अप्ठ्यारो पर्दा व्यक्तिगत स्वार्थको पक्षमा लाग्छन् ।अडान नभएका नेताको रुपमा चिनिने पौडेल तनहुँको साधारण परिवारमा जन्मे हुर्केका ब्यक्ति हुन् । मन्त्री, सभामुख, उपप्रधानमन्त्री र मन्त्री पद पाइरहँदा पनि मैले केही पाइँन भन्दै कोइराला परिवारका नेतालाई दंग्याइरहने पौडेलको पक्षमा वकालत गर्ने एक जना पनि केन्द्रिय सदस्य नभएकोले उनको उम्मेदवारी कमजोर हुने कांग्रेस युवा नेताहरु बताउँछन् । को हुन सिटौला ? झापा स्थायी घर भएका कृष्णप्रसाद सिटौला शान्ति प्रकृयाका एक क्रियाशिल अभियन्ता पनि हुन् । २०३० को दशकदेखि राजनीतिमा सक्रिया सिटौला केन्द्रिय राजनीतिमा प्रवेस गरेको डेढ दशकमै पार्टी पधाधिकारी हुन सफल कांग्रेसी हुन् ।शान्ति प्रकृया, गणतन्त्र, संघियता र संविधानसभा मार्फत सविधान निर्माण कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गरेका सिटौला कहिल्यै पनि एउटै पदमा बसेका छैनन् ।२०३२ सालमा झापा जिल्ला कांग्रेसको सदस्य भएका सिटौला ०३६ सालमा प्रवक्ता त्यसपछि सचिव, ०४१ सालमा उपसभापति, ०४२ मा कार्यवाहक जिल्ला सभापति र ०४८ सालमा कांग्रेस झापाको निर्वाचित सभापति भएर कांग्रेसको ऐतिहासिक आठौ महाधिवेसन झापामा गर्न सफल नेता हुन् ।उनी २०४८ सालको संसदीय निर्वानमा पराजित, ०५० को उपनिर्वाचनमा विजयी, ०५१ को मध्याबधि निर्वाचनमा पराजित र ०५६ को आमनिर्वाचनमा बिजयी भए ।गृहमन्त्री भएर ०६४ को संविधानसभाको निर्वाचनमा पराजित सिटौला २०७० को निर्वाचनमा बिजयी भए । २०५७ सालमा केन्द्रिय सदस्य भएका सिटौला २०५८ मा संगठन बिभाग प्रमुख, त्यसपछि प्रवक्ता र संगठन बिभाग प्रमुख हुँदै २०६७ सालमा पार्टी महामन्त्री पनि भए ।उनी एउटा पदमा दोहोराएर नबस्ने भएकाले आगामी महाधिवेसनमा पनि सभापतिमा उम्मेदवार दिने उनी निकट सोतले बतायो । उपसभापतिका आकांक्षी महामन्त्री प्रकाशमान सिंह, पूर्बउपप्रधानमन्त्री सुजाता कोइराला, बीपी पुत्र सशांक कोइराला, केबी गुरुड . महामन्त्रीका अकांक्षीहरुमा खुमबहादुर खड्का, अर्जुननरसिंह केसी, डा. रामशरण महत, डा. शेखर काइराला, बिमलेन्द्र निधि, र शसांक उपसभापति नपाए पूर्णबहादुर खड्का रहेका छन् । कांग्रेस बिधानमा दुई वटा मात्र महामन्त्री पद रहेका छन् ।सहमहामन्त्री पदको सृजना गर्नु पर्ने माग गर्ने युवा नेताहरुले सोही पदलाई लक्षित गरेका छन् । सहमहामन्त्रीमा एनपी साउद, बालकृष्ण खाँड, प्रकाशशरण महत, गगन थापा, नरहरी आचार्य, डा. मिनेन्द्र रिजाल, महेश आचार्य, चन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की आदिले चाहना गरेका छन् । अधिकांस युवा नेताहरुले पदाधिकारीका आकांक्षीहरुको सहमतिमा नेतृत्व कोइराला, देउवा र पौडेलबाट आफुमा लिन आग्रह गरेका छन् ।
प्रतिक्रिया