माया प्रेमको प्रस्ताव आएर हैरान भइन झरना
‘फिल्मका केही स्क्रिप्टका विषयमा गम्भीर छलफल पनि भएका छन्’, नायिका झरनाले भनिन्, ‘हेरौँ छिट्टै फिल्मको विषय टुङ्गिन्छ होला ।’आफ्नो फिल्म करियरमा मायाप्रेमको प्रस्ताव आएर हैरान भएको झरनाको भनाइ छ । उनले यसलाई अन्यथा पनि लिदिनन् । ‘सेलीब्रेटीसँग नजिकिन जसको पनि चाहना र इच्छा हुन्छ’, उनले भनिन्, ‘कोही समर्थक नजिक आउन चाहन्छ भने त्यसलाई अन्यथा लिनु हुँदैन ।’
उनले सबै दृष्टिकोणलाई गलत नजरले हेर्न नहुने उल्लेख गरिन् । झरनाले तत्काल विहे गर्ने योजना बनाएकी छैनिन् । आफ्नो फिल्मी करियरलाई उचाइँमा पुगाएर असल गृहिणी बन्ने झरनाको धोको छ । कोसँग विहे गर्ने भन्ने जिज्ञासामा नायिका झरनाले भनिन्, ‘अहिलेसम्म त्यस्तो कोही पनि छैन । हेरौँ पछि कोही न कोही त आउला नी ?’
प्रतिक्रिया