भारतीय एजेन्टले खुलेरै भने–‘मोदी र भारतको विरोध गर्नु हुन्न’
काठमाडौं । भारतीय दुताबासका एजेन्टका रुपमा चिनिने नेपाली कांग्रेसका नेता तथा मधेसबाट निर्वाचित सांसद अमरेशकुमार सिंहले सरकार मधेस आन्दोलनको दमनमा उत्रिएको आरोप लगाएका छन् । केही समय अघि चुपचाप बसेका उनी संसदको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा भने कड्किए । उनले सर्लाहीमा चुरे भावर राष्ट्रिय एकता पार्टीले मधेसी मोर्चाका नेता कार्यकर्तालाई लखेटेको भन्दै सरकारले चुरे भावरलाई उचालेर मधेस आन्दोलनको दमनमा उतारेको आरोप समेत लगाए ।
उनले चुरे भावर पार्टीका कारण मुलुकमा साम्रदायिक हिंसा फैलिने चेतावनी दिए ।एकातिर मधेसीमाथि गोली हान्ने, अर्काेतिर चुरे भावर पार्टीलाई उचालेर प्रतिकारमा उतार्ने भन्दै सिंहले त्यसको विरोध गरे । सिंहले सय दिन पुग्दा पनि मधेसीका माग सम्बोधन नगरिनु तर, चुरे भावरलाई एकदिनमै साथ दिनु, रोक्ने प्रयास नगर्नु दुःखद्भएको बताएका थिए ।
स्रोतका अनुसार भारतीय राजदूत रञ्जीत रायको दबाबमा सिंहले चुरे भावरको विरोध गरेका हुन् । संयुक्त राष्ट्रसंघको विज्ञप्ति आउ“दा खुसी हुने नेपाली नेता र जनताहरू भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दा खुसी हुने गरेको भन्दै सिंहले सिधै भारतको समर्थनमा बोलेपनि जनताले भारतीय नाकाबन्दीका कारण भोग्नु परेको समस्याको बारेमा भने एक शब्द पनि बोलेनन् । यतिसम्मकी उनले भारत र मोदीको विरोध गर्न नमिल्ने भन्दै सिधै आफू भारतको एजेन्ट भएको प्रमाणित गरेका छन् ।
प्रतिक्रिया