रोष्ट्रम घेराउ गर्दैनौं : कांग्रेस

nepali congres89काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तत्काल रोस्ट्रम घेराउ नगर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारको सय दिन नपुगन्जेल संसदमा रोस्ट्रम नघेर्ने निर्णय गरेको हो । संसदमा दर्ता भएको संविधान संशोधन विधेयक अघि बढाउने विषयमा रोष्ट्रम घेराउन नगर्ने निर्णय गरेको हो । आज बिहान संसद अबरोध र भावी रणनीतिका विषयमा छलफल गर्न बोलाइएको बैठकमा कांग्रेसले संसदमा बोलेर नै सरकारलाई संविधान संशोधनको विधेयक अघि बढाउन दबाब दिने निर्णय गरेको छ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अनुसार सरकारको १ सय दिन नपुग्दै रोस्ट्रम घेर्दा नकारात्मक सन्देश जाने भन्दै रोष्ट्र घेराउ कार्यक्रम तत्काललाई रोकिएको बताए । आज व्यवस्थापिका संसदको बैठक बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ भने संसदको महिला, बालबालिका समितिको वार्षिक प्रतिवेदन पनि पेश गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित