शान्ति सुरक्षामा सुधार मुख्य प्राथमिकता : गृहमन्त्री वस्नेत

grihaकाठमाडौं। गृहमन्त्री शक्ति बहादुर वस्नेतले प्रहरीको सरुवा र बढुवामा कुनै हस्तक्षप नगर्ने स्पस्ट परेका छन् । गृह मन्त्रालयमा आज सञ्चारकर्मीसामु बोल्दै  मन्त्री  वस्नेतले आफ्नो प्राथमिकता शान्ति सुरक्षामा सुधार रहेको बताए  । गृहमन्त्री  बस्नेतले संरचना, कार्यशैली र बदलिदो परिस्थिति अनुसार गृहमन्त्रालय र मातहतका निकाय बदल्नुपर्ने बताए ।

     नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धलाई आफूले गम्भीरताका साथ हेरिरहेको वस्नेतले बताए । उनले  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धलाई सजीव राख्नुपर्नेमा  जोड दिएका थिए  । गृहमन्त्री वस्नेतले तराईमा भइरहेको आन्दोलनबाट सुरक्षा चुनौती बढाएको उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित