गृहमन्त्रीलाई दबाउन खोज्दै भारतीय राजदूत
काठमाडौं । प्रहरी चौकीमा आक्रमण गर्ने सम्मको हर्कत अपनाउन पछि नपरेका मधेशी मोर्चा र कार्यकर्ताहरुलाई भारतले उक्साउदै आएको विभिन्न घटनाक्रमबाट पुष्टि भइसकेको छ । वीरगञ्जमा प्रहरीको गोली लागेर एक भारतीयको मृत्यु भएपछि वीरगञ्ज तनावग्रस्त छ भने भारतीय राजदूत रञ्जीत रे र गृहमन्त्री शक्तिबहादुर बस्नेतबीच द्वन्द्व बढ्न थालेको छ । राजदूत रेले केहि दिन यता भारतसग नजिक मानिएका पत्रकारहरुलाई बोलाएर गृहमन्त्री बस्नेत नै आन्दोलनरत मधेशी मोर्चासको वार्ता भाड्न सक्रिय रहेको समाचार छपाउन लगाएका छन् ।
यतिसम्मकी भारतले आफ्नो देशको सिमाबाट आन्दोलनकारीलाई नेपालतर्फ ढुंगा हान्न छुट दिएको प्रमाणित भइसकेको छ भने मोर्चाका कार्यकर्ताहरुले वीरगञ्जको हुलाक कार्यालय र महुवन प्रहरी चौकीमा अक्रमणका क्रममा पेट्रेल बम प्रहार गरेका थिए । स्रोतका अनुसार वीरगञ्जमा पनि केही समय अघि कैलालीको टिकापुरमा भएको घटना जस्तै बनाउन भारतले मोर्चालाई उक्साइरहेको छ । जुन कुरा गृहमन्त्रालयले समेत जानकारी पाएपछि वीरगञ्जमा प्रहरीले सावधानी अपनाउदै आएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएकोमा वार्ता भंग हुन लाग्यो भन्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सग गृहमन्त्रीको विरोध गरेका छन् । ‘स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली नचलाएको भए त्यहा अप्रिय घटना हुन सक्थ्यो, तर त्यस्तो अवस्थामा गृहमन्त्रीले राजनीतिक शैलीमा नारायणकाजीसग परामर्श गर्ने, प्रचण्डलाई जानकारी गराउने कुरै हुदैन । ’ मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
राजदूत रेले पनि गोली चलाउन आदेश दिनु अघि गृहमन्त्रीले कसैसग परामर्श नगरेको भन्दै आलोचना गरेका छन् । राजदूत रेले नेपाल प्रहरीको गोली लागि आफ्नो नागरिकको मृत्यु भएपछिको स्थितिलाई भारतले सावधानीपूर्वक लिएको बताएका थिए । यूनाइटेड पोस्टबाट
प्रतिक्रिया