काँग्रेस बैठकमा शीर्ष नेताको आलोचना

congresfकाठमाडौँ। नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा तीन शीर्ष नेताहरुले संविधान निर्माणपछि काँग्रेसका भूमिकाका बारेमा आआफ्नो धारणा राखेका छन् । आइतबारदेखि सुरु भएको बैठकमा केही केन्द्रीय सदस्यले प्रधानमन्त्री, राष्ट्रपतिलगायत पदमा काँग्रेसले उम्मेदवारी दिएका सम्बन्धमा नेतृत्वको धारणा माग गरेका थिए ।

केन्द्रीय सदस्यको जिज्ञासाको सम्बोधन गर्दै सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले काँग्रेसको उम्मेदवारीले राष्ट्रिय एकता बलियो भएको धारणा राखेको  केन्द्रीय सदस्य महेन्द्र शर्माले बताए । बिहान ८ बजेदेखि सुरु भएको बैठकमा दिनभर नै संविधान निर्माणपछिको राजनीतिक अवस्था र काँग्रेसको भूमिकाको सम्बन्धमा छलफल हुने बताइएको छ ।

संविधान निर्माणपछि र काँगेस प्रधानमन्त्री, राष्ट्रपतिलगायतमा उम्मेदवारी दिएपछि पहिलो पटक आइतबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यले नेतृत्वले उम्मेदवारी सम्बन्धमा गरेका निर्णयप्रति आलोचना गर्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित