९ मन्त्री थपिए, शक्ति बस्नेत गृहमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतवार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मन्त्रिपरिषदमा माओवादीका सात मन्त्री थपिएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक–एक थपिएका छन् ।
एमाओवादीबाट सचिव टोपबहादुर रायमाझीले उपप्रधानसहित ऊर्जामन्त्रीमा सपथ लिएका छन् । यसैगरी गृहमन्त्रीमा शक्ति बस्नेत, शिक्षा मन्त्रीमा गिरिराजमणि पोखरेल, वन मन्त्रीमा अग्नि सापकोटा, सिँचाइ मन्त्रीमा उमेश यादव र सामान्य प्रशासन मन्त्रीमा रेखा शर्मा र वाणिज्य तथा आपूर्ति मन्त्रीमा गणेशमान पुनले सपथ लिए ।
सशस्त्र जनयुद्धमा पश्चिम कमाण्ड सम्हालेका गृहमन्त्री बस्नेत जाजरकोट १ बाट निर्वाचित भएका थिए । बिना विभागीय मन्त्रीमा दुई जना थपिएका छन् ।
फोरम लोकतान्त्रिकका रामजनम चौधरी र बहुजन शक्ति पार्टीका विश्वेन्द्र पासवानले बिना विभागीय मन्त्रीको सपथ लिए । शीतल निवासमा राष्ट्रपति रामवरण यादवले नवनियुक्त मन्त्रीलाई सपथ खुवाएका हुन् ।
प्रतिक्रिया