किन तेस्रो ‘इनास’ अवार्डमा कलाकारहरूले रुची देखाएनन् ?

inasकाठमाडौं । थोरै कलाकारकर्मीमाझ अन्तरर्राष्ट्रिय नेपाली कलाकार समाजले काठमाडौंमा तेश्रो इनास अवार्ड सम्पन्न गरेको छ । समारोहमा १४ विधामा पुरस्कार प्रदान गरिएको छ । सम्पन्न अवार्ड कार्यक्रममा समाजले पुराना निर्देशक तुलसी घिमिरेलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको छ । सास्कृतिक कार्यक्रमले रौनक बढाएको अवार्ड कार्यक्रममा सो“चेभन्दा कम कलाकार उपस्थित थिए । निर्देशक घिमिरेलाई नगद १ लाखसहित नेपाली फिल्ममा गरेको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो । पपुलर अभिनेत्रीको अवार्ड वितरण गर्न पुगेका अभिनेता आर्यन सिग्देलले उत्कृष्ट अभिनेताको अवार्ड फिल्म ‘नोभेम्बर रेन’बाट पाए । फिल्म ‘बितेका पल’बाट अभिनेत्री केकी अधिकारी उत्कृष्ट भइन् । पपुलर अवार्डको विधामा भने अभिनेत्री ऋचा शर्मा, अभिनेता दयाहाङ् राई र फिल्म ‘६ एकान ६’ लाई उत्कृष्ट ठह-याइएको थियो ।

फिल्मतर्फ ‘टलकजंग भर्सेस टुल्के’ उत्कृष्ट भएको छ । निश्चल बस्नेतले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जिते ।उत्कृष्ट आलेखको विधामा रामबाबु गुरुङ र उपेन्द्र सुब्बालाई फिल्म ‘कबड्डी’बाट अवार्ड दिइएको छ ।अन्य विधामा उत्कृष्ट बाल कलाकार संगम बिष्ट (लभ यू बाबा), उत्कृष्ट छाया“कार पुरुषोत्तम प्रधान (कबड्डी), उत्कृष्ट पाश्र्व गायक स्वरुपराज आचार्य (स्टूपिड मन), उत्कृष्ट पाश्र्व गायिका अञ्जु पन्त(स्टूपिड मन)ले पुरस्कार पाएका छन् ।

त्यसै गरी, उत्कृष्ट संगीतकार अर्जुन पोख्रेल (स्टूपिड मन), उत्कृष्ट गीतकार डा. कृष्णहरी बरालले (नाई नभन्नु ल २)बाट अवार्ड पाए ।कार्यक्रममा चर्चित कलाकार मुरलीधरलाई सम्मान प्रदान गरिएको थियो । समाजद्वारा गायक बाबु बोगटी, चौथो इन्डियन आइडियलका फस्ट रनरअप कपिल थापा, नृत्य निर्देशक शंकर बिसीलाई पनि सम्मान गरिएको छ ।कार्यक्रममा प्रशान्त तामाङ, कपिल थापा, इन्दिरा जोशी, कोमल वलीले गीत गाएका थिए । अभिनेत्रीहरू नीता ढुंगाना, केकी अधिकारी, पवित्रा आचार्यले नृत्य गरे ।

प्रतिक्रिया

सम्बन्धित