ओलीका दूत चौधरी पनि असफल

chudhariकाठमाडौं। नेपालमा संघीयता सहितको लोकतान्त्रिक संविधान जारी भएपछि भारतले अन्तिममा आएर विहारको चुनावको सुरक्षाको कारण देखाउँदै नेपालमा अघोषित नाकाबन्दी गरिरहेको छ । जसका कारण इन्धन आपूर्तिमा सबैभन्दा बढी समस्या देखिएको  छ । भारतसँग छलफल गरी इन्धन आपूर्तिलाई सहज बनाउन नेपाली राजदूत दिपकुमार उपाध्याय त पूर्ण रुपमा असफल भइसकेका छन् ।उनी असफल भएपछि चीनबाट इन्धन आपूर्ति गर्न सकिन्छ भन्दै बोल्न समेत पछि परेका छैनन् ।

 राजदूत उपाध्यायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार र भारतीय जनता पार्टीसमक्ष जति छलफल गरे पनि भारतले टेरपुच्छर समेत लगाएको छैन ।

 राजदूत उपाध्याय असफल भएपछि भावी प्रधानमन्त्रीको चर्चा पाएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यापारी विनोद चौधरीलाई दूत बनाएर वार्ता गर्न पठाए ।चौधरी यतिखेर कहाँ के गरिरहेका छन् कसैलाई थाहा छैन । उनी भारत गएर छलफल गरेपछि नाकावन्दी खुल्यो भन्दै नेपालका दैनिक अखबारहरुले समेत समाचार बनाए ।उनले नेपाली सञ्चारमाध्यमलाई त्यस्तै जानकारी गराएका थिए । तर, अहिलेसम्म समस्या जस्ताको तस्तै छ । मोदीसँग निकै निकट मानिएका चौधरी पनि असफल भएपछि ओलीले अब कसलाई दूत बनाएर पठाउने हुन् त्यो भने उनैलाई थाहा होला । सरकारको दूत भनेको राजदूत नै हो । र भारतमा उपाध्याय राजदूत छन् । यदि सरकारको दूत भएर चौधरी भारतमा छलफल गर्न गएको भए समस्याको समाधान भइसक्ने एक कुटनीतिज्ञले बताएको समाचार यूनाइटेड पोष्टमा छ

प्रतिक्रिया

सम्बन्धित