काठमाडौंः
सर्वोच्च अदालतले उर्जामन्त्री राधा ज्ञवालीलाई पदबाट बर्खास्त गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । मन्त्री पदको दुरुपयोग गरेको भन्दै सरकारले ज्ञवालीलाई उर्जा मन्त्रीको पदबाट बर्खास्त गरेको थियो । त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ज्ञवालीलाई हटाउन सरकारलाई सिफारिस गरेको थियो । सरकारले बर्खास्त गरेपछि एमाले नेतृ ज्ञवालीले गत विहीबार सर्बोच्चमा रिट दायर गरेकि थिइन् । आइतबार न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलाशले अर्को सुनुवाई नभएसम्मका लागि उक्त निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ ।
प्रतिक्रिया