ओलीलाई दीपक मनाङ्गेको संरक्षक भन्दै रञ्जु दर्शनाले दिईन अनशन बस्न चुनौती
डा.केसीको आलोचना गरेपछि दर्शनाले फेसबुकमार्फत एमालेका अध्यक्ष ओलीलाई १३ घण्टा पानी नखाइ बसेर देखाउन चुनौती दिएकी हुन् । ‘१३ पटक होइन मात्रै १३ घन्टा पानी नखाइ डा.गोविन्द केसीको विरुद्धमा अनशन बसेर देखाइदिनुहोस्’, उनले भनेकी छन् ।
डा।केसीले चाहेभने राजनीतिमा आउन सक्ने र प्रधानमन्त्री, राष्ट्रपति समेत बन्न कसैले बाटो छेक्न नसक्ने रञ्जुले दाबी गरेकी छिन् ।
उनले आफूले मात्रै राजनीति गर्न सक्छु भन्ने लागेको भए आली भ्रममा रहेको बताएकी छन् । उनले दीपक मनाङ्गे जस्ता गुण्डालाई संरक्षण दिएर ओलीले राजनीति गर्न सिकाएको भन्दै गोविन्द केसी जस्ता सादगी र महान व्यक्तिले पनि राजनीति गर्न हुने तथा राजनीतिमा सफल पनि हुने बताएका छिन् ।
प्रतिक्रिया