गौरबमय बनोस नयाँ संबिधान

sambiलिलाराज खनाल /काठमाडौं। एक युगमा एक पटक हुने संविधानसभाको निर्वाचनबाट बनेको जनप्रतिनिधिहरुको संस्था संबिधानसभाबाट अन्तत संबिधान बन्ने पक्का छ  । सार्बभौमसत्ता सम्पन्न जनताको मतबाट निर्वाचित भएका संविधानसभाका दुई तिहाई बहुमत सभासद्को सहमतिमा र स्वीकृतिमा निर्माण हुने संबिधान ऐतिहासिक घटनको एउटा उत्पादन हो । यसले नेपाली जनताको सात दशक लामो इच्छा, भावना र चाहनालाई सफलीभूत बनाएको छ । समाजको प्रकृति अनुसार र समुदायको आ–आफ्नो चाहना र आस्था अनुरुप नैं बिभिन्न, जात, जाति, धर्म, लिंग, बर्ग र आस्था वा बिचार बोकेका ब्यक्तिहरु ज्नताकै प्रतिनिधिको रुपमा संबिधानसभामा आएका छन् । उनीहरु सबैको समान हक, अधिकार र हैसियत रहन्छ । त्यसैले समाजको बहुलता र बिबिधता बमोजिम नैं संविधानसभामा रहेका सभासद्मा बिबिधता हुनु स्वभाविक पनि हो । तर संबिधानसभाबाट संविधान निर्माण गर्दा विचार, आस्था र उदेश्यमा बिबिधता बोकका बीचमा पूर्ण एकता वा एक मत सम्भव छैन् । तसर्थ हामीले राजनीतिक परिबर्तनलाई संस्थागत गरी स्थायी र दीगो शान्तिको माध्यमद्धारा मुलुकको उन्नती र प्रगतिको लागि संविधान निर्माण गर्दा सहमति अपनाउनु सबैभन्दा उत्तम उपाय हो । तर त्यस्तो उत्तम उपाको परिकल्पना कलियुगमा वा लोकतन्त्रमा सतप्रतिशत सम्भव छैन् । तसर्थ सम्भव भए सर्बसम्मति र त्यो नभए दुई तिहाई र त्यो पनि सम्भव नभए बहुमतबाट संबिधान निर्माण गरिन्छ । लोकतान्त्रिक बिधि र प्रकृयाबाट संबिधान निर्माण गर्दा पनि आफ्नो, परिवारको वर्ग र समुदायको मात्र स्वार्थ हेर्ने केही दल र दलका नेताको कारण संविधानसभाबाट संबिधान निर्माण हुँदै गरेको बिषयलाई बिबादमा तान्ने दुष्प्रयास भएका छन् । पुरातनबादी सोच, संस्कारमा हुर्किएका, वर्गीय, जातिय र भूगोलको स्वार्थ चाहने तत्वले बर्तमान राजनीतिक परिबर्तनलाई सजिलैसँग स्वीकार्न सम्भव पनि थिएन् । तर राजनीतिक दलका नेताहरु त्यसमा पनि संविधानसभाका तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओबादीका शीर्ष नेताको सुझबुझपूर्ण निर्णय र अठोटका कारण नेपाली जनताले बनाएको संबिधान अन्ततः सम्भव भएको हो । जनताको नासो जनतालाई बुझाएर आ आफ्नो राजनीतिक दर्शन, बिचारधारा र आस्था बमोजिम मुलुकका जनताको बिश्वास जितेर सरकारका माध्यमद्धारा समृद्धिको बाटोमा जानो राजनीतिक दलको उदेश्य नै हुन्छ ।

यसलाई अस्वभाविक मान्न सकिदैन् । तर केही राजनीतिक दलले आफ्नो आफ्नो दलिय स्वार्थलाई पूरा गर्न आज जसरी तराई मधेशमा जातिय स्वार्थको बिज रोपेका छन्, त्यसरी नैं उनीहरुलाई पनि त्यसले नसिध्याउला भन्न सकिन्न । रिट्ठो रोपेर कागतिको फल प्राप्त गर्ने सपना र कल्पना बुनेर बसेका मधेशी नेताहरुको क्षणिक स्वार्थले तराई मेधशका जनताले दुख पाएपनि अबका दिनमा कुनैं पनि समुदाय वा भेगका जनताले त्यस्तो दुख झेल्नु नपरोस् । एक युगमा एक दिन आउने जनताले बनाएको संबिधान नेपालको इतिहासमा गौरबमय क्रान्तिको रुपमा उल्लेख हुने निश्चित छ । तर केही लोभी, पापी, स्वार्थी र मुलुकलाई मायाँ नगर्ने नेताका कारण यस्तो गौरबमय क्षण र अवसरलाई हामी सबै नेपालीले आत्मसाथ गर्न सकौं ।

प्रतिक्रिया

सम्बन्धित