आइटिसीले मनायो हरितालिका तीज
तीजको अवसर पारेर शुभकामना आदानप्रदान सौन्दर्य प्रशाधन क्षेत्रमा विशेष योगदान दिएका व्यक्तिहरुलाई सम्मान लागायत नाच गरेर मानाइएको कार्यक्रममा आइटिसीका राजधानीमा रहेका बिभिन्न शाखाका करिब ३०० प्रशिक्षार्थीहरुको साथमा नेपाली कला क्षेत्रका बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । सुकेधारामा रहेको कार्की प्यार्टी प्यालेमा आयोजित कार्यक्रममा भारतबाट आएका छालासम्बन्धि प्रशिद्ध डा. नरेश अरोरा कार्यक्रमका आकर्षण थिए । कार्यक्रममा आइटिसीकी संचालिका शोभा आर्यालले कार्यक्रममा संस्थालाई अझै प्रभावकारी बनाउन यो आगामी दिनहरुमा अझै बिभिन्न सान्दर्भिक पक्षहरु आफ्ना तालिम केन्द्रहरुमा थप गर्ने जानकारी गराइन् । आइटिसीले हरेक वर्ष करिब १००० जना दक्ष जनशक्ति तयार गर्ने गरेको छ । आइटिसीमा तालिम लिने करिब ३० प्रतिशत प्रशिक्षार्थीहरु विदेशमा काम गरिरहेको एक सहभागिले जनाए ।
प्रतिक्रिया