देश टुक्राउने धम्की आइरहेका बेला झरना थापाले भनिन् जन्मभूमि जोगाउन बलिदान दिन्छु

काठमाडौः देश टुक्राउन दक्षिण सिमानातिर आन्दोलन भइरहेका बेला नायिका झरना थापाले जन्मभूमि जोगाउन आफूले बलिदान दिने भावना व्यक्त गरेकी छिन् । क्रन्दन चापागाईको रचना रहेको  नयाँ राष्ट्रिय गीतमा अभिनय गर्दै नायिका थापाले आफू नेपालकी छोरी भएको र आफ्नो  जन्मभूमी जोगाउन बलिदान दिने भावना पोखेकी हुन् । jharana thapa

गायिका अञ्जु पन्त र गायक स्वरुपराज आचार्यले स्वर दिएको नयाँ राष्ट्रिय गीतमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।  गीतको छायङ्कन काठमाडौं र  नगरकोट लगायतका क्षेत्रमा गरिएको छ ।  गीतमा देशको समसामयिक अवस्थाको चित्रण  गरिएको गीतकार चापागाईले बताए । समसामयिक सन्दर्भ उल्लेख गर्ने यस्ता शब्द गीतमा रहेको उनले उल्लेख गरे ।

स्वतन्त्र देश मेरो लोकतन्त्र मान्छु जन्मभूमि जोगाउन बलिदान दिन्छु ।

माथिका पंक्तिमध्ये स्वतन्त्र देश मेरो लोकतन्त्र मान्छु पुरुष स्वरमा रहेको र दोस्रो पंक्ति महिलाको रहेको छ । महिलाको स्वर रहेको पंक्तिमा अभिनय गदै नायिका थापाले देशकालागि बलिदान दिने भावना पोखेकी हुन् । nepalki chori

एक हप्ताभित्र म्युजिक भिडियो सार्वजनिक हुने म्युजिक भिडियो निर्देशक केसी राजेन्द्रले बताएका छन् । गीतमा झरना थापालगायत अन्य धेरै कलाकारको सहभागिता रहेको गीतका निर्माणा बी बी बोहोरा हुन् । म्युजिक भिडियोमा झरना थापासँग बालकलाकार आख्यान चापागाईले नेपालको छोरो बनेर अभिनय गरेका छन् । झरना र आख्यानसँगै दर्जनौँ कलाकारले गीतको अभिनय गरेका छन् । राष्ट्रलाई समस्या परेको अवस्थामा गीतका माध्यमबाट सानो योगदान दिन आफूहरुले राष्ट्रिय गीत निर्माण गरेको निर्माण पक्षले दावी गरेको छ ।

nepalko choro

jharana44

प्रतिक्रिया

सम्बन्धित