लमजुङमा देव गुरुङले दश हजार मत अन्तरले चुनाव हार्ने आँकलन
काँग्रेसको बलियो जनाधार रहेको लमजुङमा प्रदेश (क) बाट बामपन्थीभन्दा चार हजार बढी र प्रदेश (ख) बाट ६ हजारभन्दा बढी मत अन्तरले काँग्रेसका दिलबहादुर घर्ती अगाडि रहेको चर्चा चलेको छ । लमजुङको सबैभन्दा बढी मतदाता भएको मध्यनेपाल नपाको स्थानीय उम्मेद्वार भएको कारणपनि घर्तीको राम्रो प्रभाव छ ।
कम्युनिष्टहरुको वाम गठबन्धनको नाममा माओवादी केन्द्रबाट लमजुङ जिल्लामा प्रतिनिधी सभाको उम्मेदवार बनेका देव गुरुङविरुद्ध आफ्नै पार्टीका नेता तथा कार्यकर्ता विद्रोहमा उत्रिएपछि उक्त मतअन्तरले हार्ने निश्चित भएको छ । लमजुङमा एमाले तथा माओवादीका कार्यकर्ताहरुले बाहिरबाट नेता ल्याएर टिकट दिएको भन्दै असन्तुष्टि जनाएका हुन् । गुरुङविरुद्ध माओवादी मात्रै होइन एमालेका नेता तथा कार्यकर्ताहरु पनि देखिएका छन् ।
गुरुङलाई लमजुङका मतदाताहरुले आयातित नेताका रुपमा लिएका छन् ।आफ्नो मनाङ जिल्लाको विकास गर्न नसक्ने गुरुङले कसरी लमजुङको विकास गर्न सक्छन् भनेर प्रश्न गर्न थालेका छन् । मुख्यमन्त्रीको आश्वासन दिएर प्रचण्डले एमालेका पृथ्वीसुब्बा गुरुङलाई प्रदेश सभामा झारेपछि एमालेहरु रुष्ट बनेका हुन् ।
एमाले र माओवादीका नेता तथा सांसदहरुले माओवादीका गुरुङलाई नेता मान्नुपर्ने अवस्था आएको छ । मनाङ जिल्ला घर भएका गुरुङ पदका लागि र एमालेका साथ पाएर सांसद बन्ने लोभका कराण लमजुङ झरेका हुन् । उनका प्रतिस्पर्धी काँग्रेसका दिलबहादुर घर्ती लमजुङ लोकतान्त्रिक आन्दोलनका धरोहर हुन् ।मध्यनेपाल नगरपालिका वडा नं १ का घर्ती लमजुङमात्र नभई नेपालभर लमजुङको नाम चिनाउन सफल नेता हुन् । उनले लमजुङको विकास निर्माणमा राम्रो योगदान गरेको कारण उहाँको बलियो जनाधार रहेको स्थानीयहरु बताउँछन् । तर, उनलाई लमजुङबाट एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरु नै हराउन सक्रिय भएका छन् । उता ४ नं प्रदेशको मुख्यमन्त्रीको सपना देखेका एमालेका पृथ्वीसुब्बालाई पनि एमालेका नेताहरु नै हराउन सक्रिय भएको स्रोतको भनाइ छ । पृथ्वीसुब्बाले आफ्नो कार्यकालभरि कुनै पनि काम नगरेको मतदाताहरुको भनाई छ ।
प्रतिक्रिया