आखिर किन मागे मधेसी नेताले धोती प्रदेश
काठमाडौंः दोस्रो संविधान सभामा आफ्नो दल पराजित भएपछि भारतको पराजय भएको अभिव्यक्ति दिने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले यतिवेला आफूहरुलाई धोती प्रदेश दिनुपर्ने बताउन थालेका छन् । उनले अब मधेस प्रदेश होइन धोती प्रदेश आफूलाई चाहिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका छन् । मधेसको सान धोतीको नामाकरण गरेर प्रदेश दिए आफू खुशी हुने उनले बताएका छन् ।
मधेसमा भएका विरोध कार्यक्रममा पुगेर आफूले नेतृत्व लिने कसरत गर्दै आगामी चुनावमा मधेसको माउ बन्ने दाउ रचिरहेका महतोले मधेसको सान धोती भएकोले धोतीकै नाममा प्रदेश दिए आफू खुशी हुने बताउन थालेका छन्। मधेसमा आन्दोलन हुँदा पनि मधेसीको माग सम्बोधन गर्नेतिर सरकार नलागेकाले मधेसी जनताको धैर्यताको बाँध टुट्न लागेको उनले बताएका छन् । यसैगरी उनले संविधानको विधयेकमा शनिबार तीन ठूला पार्टीले गरेको संयुक्त संशोधन प्रस्तावले मधेससँग ठूलो विश्वासघात गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया