आन्दोलन शान्तिपूर्ण बनाउने सहमति

limbuwanझापाः प्रदेशको सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै पूर्वमा आन्दोलनरत दलहरुबीच आन्दोलनलाई शान्तिपूर्ण, र व्यवस्थित बनाउने सहमति भएको छ ।  पूर्वमा आन्दोलन गदै आएका विभिन्न आठ घटक संलग्न लिम्बूवान संयुक्त सङ्घर्ष समिति र १९ वटा घटक तथा सङ्गठनको मोर्चा कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिबीच संवाद समूहको बिचमा यस्तो सहमति भएको हो ।

सहमतिअनुसार भदौ २४ र २५ गते लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आमहडतालको आह्वान गरेको भए पनि २४ गते बिर्तामोडमा हुने कोचिला थारुवान तराई मधेस सङ्घर्ष समितिको बृहत् जनसभाका लागि सहभागी लिएर ब्यानर र झन्डासहित आउने गाडीलाई अवरोध नगर्ने सहमति भएको छ । त्यस्तै एक अर्का मोर्चाबीच कुनै पनि प्रकारको आरोप प्रत्यारोप र विरोधी नाराबाजी नगर्ने, आन्दोलनमा घुसपैठ हुन नदिन दुवै पक्ष सजग र सचेत रहनेसमेत सहमति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित