मोर्चाको बैठकमा किन रोए गच्छदार ?

काठमाडौंः संघीय लोकतान्त्रिक मोर्चा (एफडिएफ) का शीर्ष नेताहरुको आइतबार बसेको बैठकमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार रोएका छन् ।

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवसँग मोर्चाको भावी रणनीति तय गर्न बसेको अनौपचारिक बैठकमा मुलुक बचाउन नसकेको भन्दै गच्छदार रोएका हुन् ।

bijaya gacheedar

गच्छदारलाई उद्धृत गर्दै स्रोतले भन्यो,‘तीन दलका शीर्ष नेताले मेरो कुरा नबुझेका कारण मुलुक दुर्घटनाफर्त अघि बढ्दैछ ।’ आफूले मधेसी र थारुको गाली पचाएको, पार्टी विभाजनको संघारमा पुगेको तर प्रमुख तीन दलले कुरै नबुझेकोे उनले बैठकमा बताएका थिए ।

उनले भनेका थिए,‘अन्ततः उनीहरुले मलाई बाइपास गर्दै संविधानको विधेयकमा संशोधन दर्ता गराए । उनीहरुको यो कार्यले राष्टङ ठूलो दुर्घटनामा पर्नेछ ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित