वीरगञ्जमा चार प्रदर्शनकारीको मृत्यु

वीरगञ्जः वीरगञ्जमा  कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका चार जनाको मृत्यु भएको छ । वीरगञ्जको लक्ष्मनुवा चोकमा भएको झडपमा घाइते तीन जनाको उपचारकोक्रममा मृत्यु भएको हो भने एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गोली लागेर घाइते भएका दीनानाथ शाह र भोलाप्रसाद शाहको उपचारकोक्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । नगुवा चौकमा भएको झडपमा स्थानीय सोहन कलवारको घटनास्थलमै मृत्यु भएको छ ।   झडपमा  एक दर्जन घाइते भएका छन् । प्रदर्शनले उग्ररुप लिएपछि  स्थानीय प्रशासनले दिउँसो साढे साढे दुई बजेपछि वीरगञ्जलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित