वीरगन्जका बिभिन्न स्थानमा अनिश्चितकालीन निषेधाज्ञा

वीरगन्जः जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लाका केही स्थानमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिले वीरगन्जको शङ्कराचार्य प्रवेशद्वार, वीरगन्ज भन्सार कार्यालय, रजत जयन्ती चोक, छपकैया, बिर्ता, मकालु चोक, आदर्श, माईस्थान, घन्टाघर, श्रीपुर, पावर हाउस, नगवा, बसपार्क, प्रतिमा चोक गण्डक चोकसम्मको लोकमार्गको क्षेत्रलाई निषेधाज्ञा घोषणा गरिएको  छ ।

यस्तै  होटल मकालु, भाजुरत्न चोक, कैलाश होटल चोक र घडिअर्बा पूर्वतर्फको बाटो, कभर्ड हल पूर्वतर्फको बाटोदेखि बनारसी चोकको पूर्वतर्फ तथा गोश्वारा रोडदेखि घन्टाघरसम्मको क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी केशव घिमिरेले बताए ।

प्रतिक्रिया

सम्बन्धित