काठमाडौंः
यती एअरलाइन्सका सञ्चालक आङछिरिङ शेर्पाकी बहिनी बन्दिनीमा शेर्पाले शक्तिको आडमा ठगी धन्दा मच्चाउँदा समेत प्रहरी मुकदर्शक बन्दै आएको । प्रहरी मुकदर्शक बनेपछि सर्वसाधरणहरु मारमा परेका छन् भने बन्दिनीमाको ठगी धन्दा मौलाएको छ ।
काठमाडौंं–३४ का सुशील बस्नेतले गत असार १७ गते काठमाडौंं बाँसबारीमा तेन्जिङ एसियन होलिडेजकी सञ्चालिका बन्दिनीमा शेर्पाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंंमा ठगी मद्दामा उजुरी दिएका थिए । प्रहरीले आरोपित शेर्पालाई उनको कार्यालयमै फेला पारे पनि पक्राउ भने गरेन । किनकी आङछिरिङले पहिले नै प्रहरीसँग सेटिङ मिलाइसकेका थिए । शेर्पाले उल्टै ६७ वर्षिय बस्नेतले धरपकड गरेको भन्दै प्रहरीलाई झुटो बयान दिएकी थिइन । शक्तिकेन्द्रको आडमा ठगीधन्दा सञ्चालन गरेर कारबाहीबाट उन्मुक्ति पाउदै आइरहेकी शेर्पाले पछिल्लो समय काठमाडौंं प्रहरी परिसरका केही प्रहरी कर्मचारीको सूचना र सहयोगमा आफूविरुद्ध परेको फौजदारी प्रकृतिको उजुरीविरुद्ध अदालतबाट ‘पक्राउ नगर्ने निषेधाज्ञा’ जारी गराएर बच्दै आएकी छन् ।
शेर्पाले आफूलार्ई जग्गा दिलाइदिन्छु भन्दै पाँच करोड ७३ लाख रुपैयाँ लिएर जग्गा नदिई ठगी गरेको भन्दै पीडित बस्नेतले गत फागुनमा महानगरीय अपराध महाशाखामा पनि जाहेरी दिएका थिए । तर त्यतिबेला एसएसपी पुष्कर कार्कीले यो मुद्दा हेरेमा आफूलाई अप्ठेरो पर्ने भन्दै पन्छिएका थिए । त्यसपछि बस्नेतले परिसरमा मुद्दा दर्ता गराएका हुन् । शेर्पालाई पक्राउ गरेर ठगी मद्दामा अनुसन्धान गर्ने निष्कर्Èमा काठमाडौंं प्रहरी परिसर पुगेपनि अन्तिममा भने पछि हटेपछि बस्नेत झन पीडित बनेका छन् ।
स्रोतका अनुसार परिसरका एसपी विश्वराज पोखरेलले माथिको दबाब छ भन्दै उक्त मुद्दालाई अघि बढाउन दिएका छैनन् । आफूले दुःख गरेर आर्जन गरेको सम्पत्ति अनेक जालझेल गरेर अर्काले खाइदिएपछि बस्नेत थप पीडामा परेका छन् । हाउजीङ व्यवसायी सुधीर बस्नेतका बुबा समेत रहेका सुशील बस्नेतले उक्त पैसा उठेको खण्डमा सुधिरबाट पीडिहरुलाई प्रहरीकै रोहबरमा केही राहत भए पनि दिने बताउँदै आएका छन् ।
अर्कोतिर शेर्पाले हेपाली हाइटको जग्गा बिक्री गर्ने क्रममा एकजना व्यवसायीसँग ७ करोड बैना लिएर पछि सिई कन्स्ट्रक्सनलाई १६ करोड ६४ लाखमा बेचेको ठगी प्रकरण पनि बाहिर आइसकेको छ । यसअघि उनले ओखलढुंगातिरका अर्का व्यवसायी अम्बिर गुरुङलाई पनि १४ करोड ठगेको आरोप पनि छ । यसक्रममा उल्टै आफू ठगिएको भन्दै उनी तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईसम्म पुगेकी थिइन् भने अहिले आङछिरिङ मार्फत प्रहरी नेतृत्वसम्म पुगिसकेकी छन् ।
शेर्पाले यस्तै हर्कत गरेर अरबौं रुपैयाँ जम्मा गरेको र कुनै पनि सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धिकरणमा उजुरी समेत परेको थियो । घर, श्रीमान र ठग्ने व्यक्ति फेर्न माहिर मानिएकी शेर्पाले चारजनास“ग बिहे गरिसकेकी छन् । उनले एक विदेशीसहित तीनजना नेपालीसँग बिहे गरेर सम्पत्ति कब्जा गरेको समेत चर्चा छ । शेर्पाबाट ठगिएकाहµको एकपछि अर्को प्रकरण बाहिर आउ“दासमेत प्रहरीले अनुसन्धान नगर्नुलाई रहस्यमय मानिएको छ । युनाइटेडपोष्टबाट
प्रतिक्रिया