कैलालीसहित तराईका जिल्लाहरु विहानैदेखि अशान्त

कैलालीः कैलालीको टिकापुर लगायतका क्षेत्रमा आज पनि आन्दोलन लगाएतका विरोधका कार्यक्रम यथावत छन् । टिकापुर क्षेत्रमा थप हिंसात्मक कार्य हुन नदिन स्थानीय प्रशासनले घोषणा गरेको दंगाग्रस्त क्षेत्रलाई निरन्तरता दिएको छ। अखण्ड पक्षधरले टिकापुर अस्पताल चोकमा रहेको अञ्जु बोबाइल ग्यालरीमा तोडफोड गर्न लाग्दा प्रहरीले प्रतिकार गरेको छ। सामान्य बल प्रयोग गरी भीडलाई तितरबितर बनाएको प्रहरीले जनाएको छ । lathi धनुषाको ढल्केबर चोकहुँदै प्रहरीले स्कर्टिङ गरी लैजादै गरेको बसलाई आन्दोलनकारीले ढुंगा प्रहार गर्दा ना ५ ख ४२६ नम्बरको बसमा रहेका एक यात्री घाइते भएका छन्। यता बाँकेको कोहलपुरमा अन्दाजी ७ सयको संख्यामा निस्किएका आन्दोलनकारीको जुलुसले हातमा रड भाला र लाठी लिई प्रदर्शन गरेका छन्। शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय निकायले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। रौतहटको गौरस्थित कविर चौकमा प्रहरी र प्रदर्शनकारी बीच फेरि झडप भएको छ।

प्रतिक्रिया

सम्बन्धित