काठमाडौँः
सर्लाहीका राजनीतिक दलहरुले आन्दोलनलाई हिंसात्मक नबनाउने सहमति जनाएका छन् । सर्लाहीको नवलपुरमा बसेको जिल्लाका प्रमुख राजनीतिक दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुबीचको बैठकमा आन्दोलनशान्तिपूर्ण बनाउने सहमति भएको हो ।
आन्दोलनरत मधेसवादी दलहरुले सामाजिक सद्भाव नबिथोलिने गरी विरोधका कार्यक्रम गर्ने प्रतिवद्धता जनाएको बैठकमा सहभागी नेपाली कांगे्रस जिल्ला कार्य समिति सर्लाहीका सदस्य सहदेव थापाले जानकारी दिनुभयो ।
नेपाल पत्रकार महासंघ शाखा सर्लाहीका पूर्व अध्यक्ष रोशन न्यौपानेको निवासमा बसेको राजनीतिक दलहरुको बैठकले आन्दोलन शान्तिपूर्ण बनाउने निर्णय गरेको हो । बैठकमा नेपाली कांगे्रसको तर्फबाट जिल्ला कार्य समिति सदस्य सहदेव थापा, नेकपा एमालेका जिल्ला अध्यक्ष रेवती पन्त, एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष कमल बुढाथोकी, तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष एवं सभासद् जंगिलाल राय, संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष अशोक यादव, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया