भैरहवाः
बिहिवार रुपन्देहीको बेलहियामा भएको झडपमा घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ । झडपका क्रममा कम्हरीया निबहिवाका २० वर्षीय दुर्गेश यादव गम्भीर घाइते भएपछि काठमाडौँ ल्याइ उपचार गरिएको थियो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आहृवान गरेको बन्दका क्रममा यादव घाइते भएका थिए । आन्दोलनकारी भैरहवा भन्सार कार्यालयमा ताला लगाउने भन्दै बेलहिया पुगेपछि प्रहरी, बन्दको प्रतिकार समूह र आन्दोलनकारीबिच भएको झडप भएको थियो ।
उनलाई तत्काल काठमाडौं शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट नेपाल मेडिकल कलेज शिक्षण अस्पताल रिफर भएका उनको उपचारका क्रममा निधन भएको हो ।
प्रतिक्रिया