ओलीलाई प्रधानमन्त्री नदिन फेरी मोर्चा सक्रिय

kpbaकाठमाडौं । संबिधानसभाबाट संबिधान जारी भएको दिनबाट एक दिन पनि नपर्खिएर राजिनामा दिने बचन बारम्बार दोहो¥याएका प्रधानमन्त्री सुशिल कोइरालाले सरकारको नेतृत्व कसलाई सुम्पने भन्ने बिषयमा भने केही बोलेका छैनन् । कोइरालाले एमालेस“ग डेड बर्ष अघि भएको सहमति अनुसार संबिधान निर्माण हुनासाथ आफुले सत्ता त्याग गर्न तयार भएपनि एमाले नेतृत्वलाई नैं नेतृत्व हस्तान्तरण गर्ने बिषय आफ्नो मात्र नियन्त्रणमा नभएको तर्क गर्न थालेका छन् । संबिधान जारी हुनासाथ संबिधानसभाको दोश्रो ठूलो दलको नाताले सरकारको नेतृत्व लिन पाउने आशामा हतारमा संबिधानको मस्यौदा जनतासमक्ष पु¥याउन पछि नपरेका ओलीलाई भने सजिलै सत्ताको चाबी दिन कोइराला तयार नभएको बुझिएको छ । ओलीलाई सजिलै सत्ताको नेतृत्व नदिन पार्टी भित्र संस्थापन पक्ष, असन्तुष्ट पक्ष र प्रमुख प्रतिपक्षी दल एमाओवादीबाट समेत सुझाव र दबाब प्रधानमन्त्रीसम्म आएपछि प्रधानमन्त्री कोइराला ओलीप्रति अनुदार देखिएका हुन् । ओलीलाई प्रधानमन्त्री नदिन सत्तारुढ कांग्रेस भित्रैबाट लबिङ र दबाब शुरु भएको छ । यसको लागि असन्तुष्ट नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले समेत अडान लिएका छन् । उनीहरुले महाभूकम्पपछिको क्षतिलाई पूननिर्माणबाट पूर्ति गर्न गठन हुने पुनःनिर्माण प्राधिकरणको परिचालन र संबिधान जारी भएपछि जनतामा देखिने सकारात्मक छापलाई अवसरको रुपमा उपयोग गर्दै स्थानिय निकायको निर्वाचन गर्नु पर्ने तर्क अघि रोखका छन् । उनीहरुले पुनः निर्माण प्राधिकरणको रकम परिचालन र स्थानिय निकाय निर्वाचनको उपयोगलाई दृष्टिगत गर्दै दोश्रो ठूलो दल एमालेस“गको सत्ता साझेदारी त्याग गर्न दबाब दिएका हुन् । यसको लागि देउवा र पौडेलले कांग्रेसका जिल्ला सभापति र केन्द्रीय सदस्य तथा सभासद्हरुलाई उपयोग गरिरहेका छन् । नेता देउवा र पौडेललाई पनि एमालेस“गको सत्तासाझेदारी परित्याग गरेमा पहिलो दल कांग्रेसको नेतृत्वमा एमाओबादी संलग्न हुने प्रस्ताव एमाओबादीबाट अघि सारिएको छ । एमाओवादीका नेताहरुले कांग्रेस र एमालेमध्ये एकलाई प्रमुृख प्रतिपक्षी दलमा राखेर एउटा मात्र दलस“ग सत्ता साझेदारी गर्ने प्रस्ताव अघि बढाएको हो । यसको लागि एमाओवादी अध्यक्ष पुष्पमकमल दाहालले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता बिजयकुमार गच्छदार मार्फत कांग्रेस नेता एबं पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा सत्ता साझेदारीको प्रस्ताव अघि बढाइसकेका छन् । संबिधानको मस्यौदामा जनताको सुझाव लिइएको बहानामा एमाओवादी र एमाओवादी नेतृत्वलाई गलाउन र अपमान गर्ने गरी संघियताको नक्सा परिबर्तन गरिएको भन्दै एमओवादी नेताहरु एमालेस“गको सहकार्यबाट टाढिन खोजेका हुन् । प्रदेशको समाङ्कनमो बिषयमा कांग्रेसले भन्दा एमालेले एमाओबादीको प्रस्तावलाई बढी असफल बनाउने गरेको निष्कर्ष निकाल्दै एमाओवादी नेताहरुले एमालेस“गको सहकार्यलाई त्याग गरी नेपाली कांगे्रसस“गको सत्ता साझेदारीलाई प्राथमिकता दिनु पर्ने बताएका छन् । कांग्रेस उपसभापति रामन्द्र पौडेल पनि प्रधानमन्त्रीको पद कोइरालाले छोडेपनि एमालेलाई नदिई आफुलाई दिनु पर्ने वताएका छन् । उनले पनि एमाओवादी र फोरम लोकतान्त्रिक, राप्रपा मिलाएर आफुले सत्ताको नेतृत्व गर्ने दाबी गर्दै आएका छन् । उता एमालेमा पनि ओलीलाई सहज ढंगले प्रधानमन्त्री बन्न नदिने अभियानमा केही नेता क्रियाशिल भएका छन् । बरिष्ठ नेता एबं पूर्ब प्रधानमन्त्री माधवकुमार नेपाल उपाध्यक्ष भिम रावल, सचिव गोकर्ण बिष्ट, भीमप्रसाद आचार्यले ओलीलाई प्रधानमन्त्री बन्न नदिन भित्र भित्रै रणनीति तयार गरेका छन् । यसको लागि उनीहरुले संघियताको बिषयमा मधेशी र जनजाति सभासद्लाई उचाल्ने दुष्प्रयास गरिरहेका छन् । ओलीलाई प्रधानमन्त्री बनाउनकै लागि उनको गुट मात्र सक्रिय भएको बताईन्छ । त्यसको लागि ओलीले टास्क फोर्स वा युनिट समेत गठन गरेका छैनन् । यता बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री सुशील कोइरालाले आफु निकटकाहरुस“ग पार्टीको आगामी महाधिवेसनमा आफु सभापतिमा नउठ्ने संकेत गर्नु भएको छ । आफु संबिधान निर्माणको महाभियानमा जुटिरहेको भन्दै कोइरालाले अगामी महाधिवेसनमा उपसभापति पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र शसांक कोइरालामध्ये एकलाई सभापतिको उम्मेदवार बनाउने योजना बनाइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित